• असार ११, २०८२
  • No Comment
  • 107

सेयर बजार सामान्य अंकले घट्यो,

बुधबार सेयर बजार परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३३ अंकले घटेर २६००.२० विन्दुमा पुगेर कारोबार टुंगिएको हो।

आज ‘क’ वर्गका कम्पनीहरू मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले बढेर ४४५.११ विन्दुमा पुगेको छ। आजको दिन १३ उपसूचकहरूमध्ये ७ वटाको मूल्य बढ्दा ६ वटाको घटेको देखिएको छ।

कम्पनीगत रूपमा हेर्दा, ११२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १३४ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्य स्थिर रह्यो। आज ३११ कम्पनीका कूल १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर ६१ हजार ८२४ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम झन्डै ५५ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। सबैभन्दा उल्लेखनीय कारोबार मादी इनर्जीको सेयरमा देखियो, जसमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ३० रुपैयाँ १२ पैसाले बढेर ३३१ रुपैयाँ ५० पैसामा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ९.९९ प्रतिशतले बढी हो।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *