• असार ११, २०८२
  • No Comment
  • 141

सेयर बजार सामान्य अंकले घट्यो,

बुधबार सेयर बजार परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३३ अंकले घटेर २६००.२० विन्दुमा पुगेर कारोबार टुंगिएको हो।

आज ‘क’ वर्गका कम्पनीहरू मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले बढेर ४४५.११ विन्दुमा पुगेको छ। आजको दिन १३ उपसूचकहरूमध्ये ७ वटाको मूल्य बढ्दा ६ वटाको घटेको देखिएको छ।

कम्पनीगत रूपमा हेर्दा, ११२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १३४ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्य स्थिर रह्यो। आज ३११ कम्पनीका कूल १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर ६१ हजार ८२४ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम झन्डै ५५ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। सबैभन्दा उल्लेखनीय कारोबार मादी इनर्जीको सेयरमा देखियो, जसमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ३० रुपैयाँ १२ पैसाले बढेर ३३१ रुपैयाँ ५० पैसामा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ९.९९ प्रतिशतले बढी हो।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *