• असार ११, २०८२
  • No Comment
  • 116

गभर्नर पौडेलको कुल सम्पत्ति कति?

काठमाडौं ।  गभर्नर डा. विश्वनाथ पौडेलले आफूसँग करिब २३ करोड सम्पत्ति रहेको विवरण सार्वजनिक गरेका छन्। गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार गभर्नर पौडेलले करिब २३ करोड सम्पत्ति रहेको विवरण नेपाल राष्ट्र बैंकमा बुझाएका हुन्। उनले सार्वजनिक गरेको विवरण अनुसार दुई ठाउँमा श्रीमती प्रतिभाको नाममा घरजग्गा रहेको छ। ललितपुरमा श्रीमती प्रतिभाको नाममा ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर छ।

पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले १ करोड ५५ लाख रूपैयाँमा यो घरजग्गा किनेको उल्लेख गरेका छन्। नवलपरासीको गैंडाकोटमा पनि पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले ६० लाख रूपैयाँमा घर किनेको विवरणमा उल्लेख छ। गभर्नर पौडेलसँग सुनका गहना ४५ तोला र करिब १५ लाख रूपैयाँ बराबरको हिरा छ। सुन पैतृक रूपमा पाएको विवरणमा उल्लेख छ।

पौडेल र उनकी पत्नीका नाममा बैंकमा २० लाख ६८ हजार रूपैयाँ बचत छ। रकम सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकमा बचत गरिएको उल्लेख छ। यसबाहेक उनको डलर खाता रहेकोमा त्यसमा ६६ अमेरिकी डलर जम्मा छ। उनको पत्नीको खातामा ४४ सय ४६ अमेरिकी डलर छ। पौडेलको आफ्नो र पत्नीको नाममा गरेर १४ करोड रूपैयाँभन्दा बढीको सेयर छ। पौडेलले पत्नीका नाममा ४४ लाख रूपैयाँमा खरिद गरेको सुजुकी कार रहेको विवरणमा उल्लेख गरेका छन्।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *