• असार १०, २०८२
  • No Comment
  • 164

सुर्खेतमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन युवक पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन जना युवकलाई पक्राउ गरेको छ। उनीहरूलाई  साेमबार साँझ वीरेन्द्रनगर नगरपालिका-१० नयाँगाउँबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका-५ घर भई हाल वीरेन्द्रनगर-२ बस्ने १८ वर्षीय सुनील शाही, कालिकोटकै तिलागुफा गाउँपालिका-३ घर भई वीरेन्द्रनगर-२ बस्ने १९ वर्षीय नवराज बोहरा र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-४ घर भई वीरेन्द्रनगर-३ बस्ने १८ वर्षीय दिनेश विष्ट रहेका छन्।

नयाँगाउँ क्षेत्रमा लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट १७३ ट्याब्लेट ट्रामाडोल बरामद गरेको छ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभयो।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *