• असार ८, २०८२
  • No Comment
  • 25

सुर्खेतमा सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सजाय पाएका फरार प्रतिवादी एक वर्षपछि पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय, सुर्खेतले सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। दैलेखको भगवतीमाई गाउँपालिका–३ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएका ३३ वर्षीय मनोज कुमार थपामगरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, थपामगरलाई सुर्खेत जिल्ला अदालतले २०८० जेठ २५ गते सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसलापछि फरार रहेका उनलाई प्रहरीले एक वर्षभन्दा बढी समयपछि वीरेन्द्रनगर–१ बाटै पक्राउ गर्न सफल भएको हो।

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मोहन विक्रम केरुङले पक्राउ परेका थपामगरलाई फैसला कार्यान्वयनका लागि आइतबार सुर्खेत जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए।

सम्बन्धित खबर

सुनचाँदी ब्यावसायी संघ सुर्खेतको अधिवेशन बिबादमा

सुनचाँदी ब्यावसायी संघ सुर्खेतको अधिवेशन बिबादमा

सुनचाँदी व्यावसायी संघ सुर्खेतको १० औ साधारण सभा तथा छैटौ अधिवेशनमा बिबाद देखिएको छ । तत्कालिन अध्यक्ष ज्ञानेन्द्र बहादुर बिश्वकर्माले आफनो…
सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब १०ः४५ बजेतिर वीरेन्द्रनगर नगरपालिका- १ को देउतीथान नजिकैको…
सुर्खेतमा परमेश्वरको मण्डलीद्धारा सामूहिक रक्तदान

सुर्खेतमा परमेश्वरको मण्डलीद्धारा सामूहिक रक्तदान

कर्णाली प्रदेशस्थित वीरेन्द्रनगर सुर्खेतमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज द्धारा सामुहिक रक्तदान गरिएको छ । मन्डलीले आयोजना गरेको कार्यक्रममा ९० जना…

Leave a Reply

Your email address will not be published. Required fields are marked *