• असार ६, २०८२
  • No Comment
  • 114

सुर्खेतमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन, समृद्धिका लागि उद्यमी बन्न युवालाई आह्वान

सुर्खेत ।राष्ट्रिय युवा परिषद्को आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रादेशिक युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’ सम्पन्न भएको छ । ‘युवाका लागि अबको निकास : उद्यमशीलता, रोजगारी र सीप विकास’ भन्ने मूल नाराका साथ शुक्रबार आयोजित उक्त सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्नुभएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कृषि, पर्यटन र उद्यमशीलतामा कर्णाली प्रदेशको प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले लामो समयसम्म पछि परेको कर्णालीले अब समृद्धिको ढोका खोल्न थालेको बताउँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा उद्यमशीलता र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । मुख्यमन्त्री कँडेलले युवाहरूलाई तीनै तहका सरकारले सञ्चालन गरेका युवा लक्षित कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन अपिल गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन बजेटमा विशेष योजना ल्याइएको बताउनुभयो । त्यसैगरी, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सीमित स्रोतका बाबजुद प्रदेश सरकारले युवाकेन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको र कर्णालीका सम्भावनालाई साकार पार्न युवा उद्यमशीलताको माहौल बनाउन आवश्यक रहेको औंल्याउनुभयो ।
राष्ट्रिय युवा परिषद्‌का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तीनै तहका सरकारबाट सञ्चालित युवा लक्षित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । उहाँका अनुसार, सम्मेलनमा स्टार्टअप, सहुलियत कर्जा र वित्तीय पहुँच जस्ता विषयमा छलफल गरी युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा पूर्वआर्थिक मामिलामन्त्री विन्दमान विष्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल लगायतले कर्णालीको विशेषताअनुसार उद्यममैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । यस्तै, युवा नेता भूपेन्द्रजंग शाहीले सरकारका योजनाहरू असफल भइरहेको भन्दै कार्यान्वयन पक्षमा ध्यान दिन आग्रह गर्नुभयो ।

परिषद सदस्य विनोद कुमार शाहीले स्वागत मन्तव्य राख्दै बजेट पर्याप्त छ छैन भन्दिन तर, कर्णाली सरकारले रोजगारी र युवा उधमशिलता नितिगत थालनि सुरुवात गर्नेहो भने दसौ हजार युवा स्वयंसेवक बहेर योगदान गर्न तयार छन्।

सम्मेलनमा ‘पढ्दै-कमाउँदै’ अभियानका अगुवा नारायण सिग्देल, उद्यमी भद्र भण्डारी लगायतले आफ्ना सफलताका अनुभव सुनाएका थिए । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट अनलाइन फारममार्फत छनोट भएका युवा उद्यमी तथा सहभागीहरूले खुला छलफलमा भाग लिएका थिए । परिषद्का अनुसार, यसअघि कोशी, मधेश र गण्डकी प्रदेशमा पनि यस्तै सम्मेलन आयोजना गरिसकिएको छ ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *