• जेष्ठ ३१, २०८२
  • No Comment
  • 136

नारायण नगरपालिकामा नगरप्रमुख कप भलिबल प्रतियोगिता सम्पन्न

दैलेख — “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित नारायण नगरपालिका, दैलेखमा आयोजना गरिएको पालिका स्तरीय नगरप्रमुख कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

नारायण नगरपालिकाको आयोजनामा तथा नगर खेलकुद विकास समितिको समन्वयमा सञ्चालन गरिएको प्रतियोगिता  बिहिबारदेखि  शनिबारसम्म सदरमुकाम टुडिखेल मैदानमा सम्पन्न भएको हो। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष तर्फ ८ टिम र महिला तर्फ ३ टिमको सहभागिता रहेको थियो।

प्रतियोगितामा पुरुषतर्फ नारायण नगरपालिका–८ दैलेखको टिमले उपाधि जित्न सफल भयो भने महिलातर्फ त्रिउमावि बजार दैलेखले पहिलो स्थान हासिल गर्न सफल भएका छन ।

कार्यक्रमको समापन अवसरमा नगर खेलकुद विकास समितिका अध्यक्ष ललित थापाले प्रतियोगिता लामो समयपछि आयोजना भए पनि यसले स्थानीय युवा खेलाडीहरूको आत्मबल वृद्धि, स्वास्थ्य लाभ र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा पुग्ने अवसरका रूपमा भूमिका खेल्ने बताउनु भयो। उहाँले यस्ता प्रतियोगिताहरूले जिल्लाकै गौरव बढाउने उल्लेख गर्दै आगामी दिनमा विविध खेलहरूलाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

स्थानीय खेलकुदको प्रवर्द्धन, युवा सहभागिता र शारीरिक सशक्तिकरणको दृष्टिले प्रतियोगिता सफल भएको आयोजक पक्षको भनाइ छ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *