• जेष्ठ ३०, २०८२
  • No Comment
  • 189

वीरगन्जमा ट्रक–मोटरसाइकल दुर्घटना : दुई युवाको मृत्यु, एकको उपचार जारि

वीरगन्ज, पर्सा — वीरगन्ज महानगरपालिका–२२ स्थित सिताराम चोकमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार सडकमा रोकिएको भारतीय नम्बर प्लेटको ट्रक (एचआर५५के–३९७१) मा बा.प्र. ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा तीनजना गम्भीर घाइते भएका थिए।

तीमध्ये पर्साको छिपहरमाई गाउँपालिका–३ झलमहियाका २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादवको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।घाइते अर्का युवक २२ वर्षीय विजयकुमार यादवको सोही अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *