• जेष्ठ ३०, २०८२
  • No Comment
  • 46

वीरगन्जमा ट्रक–मोटरसाइकल दुर्घटना : दुई युवाको मृत्यु, एकको उपचार जारि

वीरगन्ज, पर्सा — वीरगन्ज महानगरपालिका–२२ स्थित सिताराम चोकमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार सडकमा रोकिएको भारतीय नम्बर प्लेटको ट्रक (एचआर५५के–३९७१) मा बा.प्र. ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा तीनजना गम्भीर घाइते भएका थिए।

तीमध्ये पर्साको छिपहरमाई गाउँपालिका–३ झलमहियाका २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादवको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।घाइते अर्का युवक २२ वर्षीय विजयकुमार यादवको सोही अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।

सम्बन्धित खबर

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…
साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री…

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *