• जेष्ठ २८, २०८२
  • No Comment
  • 176

हुम्लामा तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

 हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीबाट एक ११ वर्षीया बालिका तीन दिनदेखि बेपत्ता भएकी छन्। जेठ २६ गतेदेखि हराइरहेकी सुनसरी सिंहको खोजीका लागि नेपाल प्रहरीले विशेष टोली परिचालन गरेको छ।

जिल्ला प्रहरी कार्यालय, हुम्लाका अनुसार बालिका विद्यालयबाट फर्केर साथीहरूसँग खेल्न गएकोमा रातिसम्म पनि घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। परिवार र स्थानीयको प्रयास असफल भएपछि जेठ २७ गते प्रहरीमा उजुरी परेको थियो।

प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार, बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा र धारापोरी प्रहरी चौकीबाट संयुक्त टोली खटाइएको छ। बेपत्ता सिंह स्थानीय कर्णाली माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान र खोजी कार्य जारी रहेको पोखरेलले बताए।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *