• जेष्ठ २५, २०८२
  • No Comment
  • 84

यस्ता समस्या भएका व्यक्तिहरुले काउलीको सेवन नगर्नुहोस्

काठमाडौँ- काउली लोकप्रिय तरकारी हो । हाम्रो भान्छामा पनि काउली धेरैजसो पाक्ने गर्छ । काउली स्वादमा मिठो हुनुका साथै स्वास्थ्यका हिसाबले पनि निकै फाइदाजनक छ ।

स्वास्थ्यको लागि मौसमी फलफूल र तरकारी खानु महत्त्वपूर्ण मानिन्छ । काउली यस्तै एक तरकारी हो, जसको सेवनले धेरै फाइदा हुन्छ । काउली धेरै पोषक तत्वले भरिपूर्ण तरकारी हो । यसले मुटु रोग र क्यान्सर लगायत धेरै रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ ।

काउलीमा क्यालोरी धेरै कम हुन्छ । यसमा विभिन्न भिटामिन र खनिजहरू पनि पाइन्छ । यसमा भिटामिन सी, फोलेट र भिटामिन–के सहित धेरै खनिजहरू पनि पाइन्छ । काउलीमा फाइबरको मात्रा धेरै हुन्छ, जुन समग्र स्वास्थ्यको लागि फाइदाजनक छ ।

१०० ग्राम काउलीमा २ ग्राम फाइबर हुन्छ, जुन तपाईंको दैनिक आवश्यकताको ७ प्रतिशत हो । फाइबरयुक्त खानेकुराहरूले तपाईंको पेटमा स्वस्थ ब्याक्टेरियालाई पोषण दिन्छ, जसले पाचन राम्रो राख्छ । सुगर लेभल र कोलेस्ट्रोल घटाउन पनि फाइबरयुक्त खानेकुराहरू फाइदाजनक हुन्छ । यसबाहेक काउली एन्टिअक्सिडेन्टको उत्कृष्ट स्रोत हो, जसले तपाईंका कोषिकाहरूलाई हानिकारक फ्री रेडिकल्सबाट बचाउन र क्रोनिक रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ ।

स्वास्थ्य विज्ञका अनुसार उमालेको वा राम्रोसँग पकाएको काउली मात्र खानुपर्छ । साथै, एक दिन काउली खाएपछि केही दिनको अन्तराल राख्नुपर्छ । काउलीको सेवन सीमित मात्रामा मात्र गर्नुहोस् । थाइराइडजस्ता समस्या भएकाले यसबाट टाढा रहनु राम्रो हुन्छ । काउलीमा क्याल्सियम पनि धेरै हुन्छ, जसले पत्थरीको समस्या बढाउन सक्छ । यस्ता समस्या भएका मान्छेले सीमित मात्रामा काउलीको सेवन गर्नुपर्छ । तर, के तपाईंलाई थाहा छ केही मानिसहरूले काउली धेरै खानु हुँदैन ? यसले केही व्यक्तिहरूको स्वास्थ्य समस्यालाई बढाउन सक्छ ।

धेरै स्वास्थ्य लाभका साथै काउलीका केही नकारात्मक प्रभावहरू पनि हुन सक्छ । अध्ययनहरूले देखाएका छन् कि थाइराइड भएका व्यक्तिहरूले यसबाट टाढा रहनुपर्छ । वास्तवमा काउलीले टी-३ र टी-४ हर्मोनको स्तरलाई प्रभावित गर्न सक्छ, त्यसैले यो स्वास्थ्य समस्या भएका व्यक्तिहरूले काउली खानु हुँदैन ।

काउलीमा भिटामिन ए, बी र सी पाइन्छन्, जुन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यद्यपि, दैनिक काउली खाँदा केही मानिसहरूलाई पेट फुल्ने, ग्यास र एसिडिटीको समस्या हुन सक्छ । त्यसैगरी पित्त थैली वा मिर्गौलामा पत्थरी भएकाहरूले पनि काउली खानबाट बच्नुपर्छ ।

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *