• जेष्ठ २२, २०८२
  • No Comment
  • 71

माधव नेपाल भन्छन्– राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइयो

 

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोपलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै, आफ्नो राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। आरोप अनुसार, नेपाल प्रधानमन्त्री रहँदा पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न स्वीकृति दिइएको थियो, जुन दुई महिनाभित्रै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बिक्री गरिएको बताइएको छ ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ। भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार, मुद्दा दायर भएपछि सम्बन्धित राष्ट्रसेवकको पद निलम्बनमा जाने प्रावधान छ  रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले आफूमाथि सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको आरोप लगाए। उनले कुनै पनि अनुचित काम नगरेको र त्यस्ता कार्यलाई प्रोत्साहनसमेत नगरेको दाबी गरे। उनको भनाइमा, “मैले कुनै अनुचित काम गरेको छैन। तर, कानुनी प्रक्रियाको सामना गर्ने छु। मविरुद्ध सुरुदेखि नै षड्यन्त्र भइरहेको थियो। राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको हो”  नेपालको इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो। साथै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पनि यो पहिलोपटक हो ।

 

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *