• जेष्ठ २२, २०८२
  • No Comment
  • 121

विश्व बातावरण दिवसको अवसरमा चौकुने ७ धाँमिडाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न

चौकुने। बिश्व बातावरण दिवसको अवसरमा चौकुने गाउँपालिका– ७ स्थित धाँमिडाँडा सामुदायिक वन क्षेत्रभित्र रहेको धाँमिडाँडा सहिद स्मृति पार्कको एरियामा बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

चौकुने गाउँपालिका वडा न ७ को आयोजना तथा धामिडाडा सामुदायिक बन उपभोक्ता समिती र लक्ष्मी सनराइज बैंक को समन्वयमा धाँमिडाँडा सामुदायिक वन भित्र रहेको धाँमिडाँडा सहिद स्मृति पार्कको एरियामा विभिन्न जातका करिब ३०० बिरुवाहरु रोपण गर्ने काम सम्पन्न भएको छ।

वन पैदावारको संरक्षण सम्बर्धनका साथै नयाँ विरुवा हरु रोप्ने काम वातावरण सन्तुलनका लागी अति महत्वपुर्ण भएको र प्राकृतिक श्रोतहरुको विनास र भौतिक तथा मानविय क्षति निर्मुल पार्न यस्ता कामहरु अति अपरिहार्य रहेको छ ।

वृक्षारोपण कार्यक्रममा चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने,प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क ,ईलाका प्रहरी कार्यलय गुटुका प्रहरी जवान, नेपाल स- शस्त्र प्रहरी वेस क्याम्प गुटुका ईन्चार्ज बिष्णु बि सी ,बिभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि , जनप्रतिनिधि, कर्मचारी , पत्रकार , समाजसेवी लगायत सम्पुर्ण स्थानीय नागरिकहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *