• जेष्ठ २२, २०८२
  • No Comment
  • 33

चौकुने गाउँपालिकामा जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिकामा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा कर्णाली जागरण केन्द्रको आयोजना ,समाज जागरण केन्द्र गुटुको सहयोग र सहजिकरण साथै चौकुने गाउँपालिकाको समन्वयमा चौकुने गाउँपालिका वडा न ७ धामिडाँडा सहिद स्मृति पार्कको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अहिले पनि समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभेद हुने गरेको समाज जागरण केन्द्र गुटुका संयोजक गणेश बि क ले बताउनु भयो । यस्तै वडा न७ का वडा अध्यक्ष धनिराम धमालाले सोच र आनीबानीमा परिवर्तन हुनुपर्ने ओैल्याउनु भयो । दलित वर्गले पनि आफ्नो हकअधिकार सम्बन्धि जानकारी हुनुपर्ने बताउनु भयो ।

आफ्नो हकअधिकार प्रति सुसूचित हुनु आजको आवश्यकता हो । भौतिक विकाससंगै सामाजिक रुपान्तरण तिर पनि स्थानीय तहले ध्यान दिई रहेको बताउनुभयो । जातीय विभेदबाट उन्मुक्ति पाइसकेको अनुभूति दलित समुदायले गर्न नसकेको चौकुने गाउँपालिका वडा न ८ का वडा अध्यक्ष कमल जि सी ले बताउनु भयो । नेपालको संविधानले स्थानीय तहका हरेक वडामा एकजना दलित महिला सदस्य हुने व्यवस्था गरेको छ । त्यही व्यवस्थालाई टेकेर देशभरका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४५ वडामा दलित महिला सदस्य चुनिएका छन् ।

संविधानमा जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि समाजमा अहिले पनि दलित समुदायमाथि जातीय विभेद कायमै रहेको भन्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ग्रामीण क्षेत्रका दलित समुदायमा दिनहुँजसो विभेदका घटना भइरहेका बताउनुभएको छ । जिल्ला समन्वय समिति सुर्खेतका सदस्य तुल बहादुर नेपालीले विगतको भन्दा धेरै जातीय विभेद न्युनिकरणा भएको बताउनु भयो । उहाँले भन्नुभयोे दलित–दलित बिच विभेद हुने गरेको छ । त्यो निरुत्साहित हुन जरुरत देखिन्छ । अहिले वडा देखि राष्ट्रको उच्चस्तरीय पदमा दलित साथीहरूले नेतृत्व गरिरहेका छन् । दलितको सिपलाई सम्मान गर्ने तर कार्यशैली फरक गर्नु अमानवीय व्यावहार गर्नु गलत हो ।कुनै प्रकारको भेदभावपूर्ण व्यवहार, बहिष्कार वा निषेध गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा १ हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

जातीय विभेद दलित–दलितबीच र गैरदलितमा पनि भए पनि यसको बढी मारमा दलित समुदाय परेको बताउनु भएको छ । चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस बासपानेले तुलनात्मक रूपमा दलितमाथिको विभेदमा कमी आएको बताउनु भयो । उहाँले भन्नुभयो समुदायमा न्युनिकरण गर्न अझै सचेतनाको खाँचो छ । दलितका हकअधिकार नेपाल सरकारले कानुनमा समेटेको बताउनु भयो । कानुनी दृष्टिकोणबाट पनि अछुतो नभएको बताउनुभयो । उहाँले भन्नुभयोे २०६३ जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।

जातीय भेदभाव भनेको पछौटेपनको प्रतिक हो । समावेशी, आरक्षण कुरा संविधानमा उल्लेख गरेको स्मरण गराउनु भयो । अब सामाजिक चेतना हुनुपर्छ, परिवर्तनको गति दिन सबैको दृष्टिकोण सकारात्मक हुनुपर्छ । छुवाछूत र विभेदकारी व्यवहार गर्ने विरुद्ध सरकारले कानुनी उपचार छिटै खोज्ने उहाँले बताउनु भयो। कर्णाली जागरण केन्द्रका अध्यक्ष जयन्ती दर्लामी मगरको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस बासपाने , बिशेष अतिथि चौकुने सामाजिक बिकास संयोजक तथा वडा न ८ का वडा अध्यक्ष कमल जि सी , वडा नं.७ का वडा अध्यक्ष धनिराम धमाला ,जिल्ला समन्वय समिति सदस्य तुल बहादुर नेपाली , नेकपा माओवादी केन्द्र चौकुने गाउँ कमिटीका अध्यक्ष गंगाराम बि क ,चौकुने श्रृजनशिल महिला संजाल अध्यक्ष करुणा मास्के , श्री नारी उत्थान सहकारी अध्यक्ष बिमला जि सी ,वडा न८ वडा सदस्य मान बहादुर श्रेष्ठ लगायत बिभिन्न संघ संस्थाका कर्मचारी र स्थानीय नागरिकहरुकाे सहभागीता रहेकाे थियोे । भने कार्यक्रम संचालन कर्णाली जागरण केन्द्रकी सह-सचिव कमला न्यौपानेले गर्नु भएको थियो

सम्बन्धित खबर

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक हुँदै  

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक…

सुर्खेत। सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘मधु’ दर्शकमाझ ल्याउने भएकी छन्…
एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *