• जेष्ठ १९, २०८२
  • No Comment
  • 146

श्री सिद्देश्वरी मा वि सान्नेघारीको अभिभावक भेला तथा नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न

चौकुने। चौकुने गाउँपालिका वडा न ७ मा रहेको श्री सिद्धेश्वरी माध्यमिक विद्यालय सान्नेघारीको नव निर्मित भवनको आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ । नवनिर्मित भवनको प्रदेशसभा सदस्य मानवीय बिन्दमान बिष्ट र चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो विद्यालय भवन उद्घाटनका क्रममा मानवीय बिन्दमान बिष्टले विद्यालयको भौतिक पूर्वाधार थपिँदै जाँदा सार्वजनिक विद्यालयमा शिक्षाको भौतिक पूर्वाधार सुधारको लागि नेपाल सरकारको प्रयासलाई सार्थक बनाउने बताउनु भएको छ ।

 

्कररिव ४० लाख लागतमा निर्माण सम्पन्न भएको भवन भूकम्प प्रतिरोधी ४ कोठे रहेको छ । उक्त चार कोठे भवन निर्माणपश्चात् विद्यार्थीहरुलाई बस्न सहज भएको र नयाँ भवन उद्घाटन भएसँगै सूचना र प्रविधिको माध्यमबाट पढाइ गराउन सहज हुने भन्दै विद्यालयको शिक्षालाई ‘डिजिटलाइज’ गरिने चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस बासपानेले बताउनु भएको छ ।उद्घाटन समारोहमा विद्याथीले आकर्षक गित तथा नृत्य प्रस्तुत गरेका थिए ।चौकुने गाउँपालिका वडा न ८ का वडा अध्यक्ष तथा चौकुने गाउँपालिका सामाजिक बिकास संयोजक कमल जि सी , वडा न ७ का वडा अध्यक्ष धनिराम धमाला छात्र ,छात्राहरु सहित अभिभावक को उपस्थित रहेको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्र सोनीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागतमन्तब्य बाल कुमारी उपाध्यायको रहेको थियो भने कार्यक्रम सञ्चालन बिधालयका प्रधानाध्यापक रतन सिहं थापाले गर्नु भएको थियो ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *