• जेष्ठ १८, २०८२
  • No Comment
  • 31

राउटे युवतीलाई दुर्व्यवहार गरेको भिडियो भाइरल, १ जना पक्राउ

राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरी सामाजिक संजालमा भिडियाे राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख आठबीस नगरपालिका–३ का २८ वर्षीय टोपेन्द्र शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार भिडियाे पाँच दिन अगाडिको हो । “भिडियाेमा आरोपित युवक ट्रकमा बसेर छेउमा राउटे समुदायका युवती राखेर अंगालो मार्दै भिडियाे बनाइरहेको देखिन्छ, । “भिडियाेमा दुर्व्यवहार गरेको देखिएपछि सुर्खेतमा उजुरी परेको थियो ।”

उजुरीपछि आरोपित शाही खोज्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएपछि जिप्रका दैलेखले आरोपित शाहीलाई जिल्ला प्रहरी कार्यालय (जिप्रका) सुर्खेतको जिम्मा लगाएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आरोपित युवकमाथि साइबर अपराध तथा दुर्व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको छ । यसअघि पनि एक युट्युबरले राउटे युवतीको अश्लील भिडियाे बनाएर सामाजिक सञ्जालका माध्यममा सार्वजनिक गरेका थिए । उक्त भिडियाे भाइरल भएपछि युट्युबर पक्राउ परेका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *