• चैत्र १९, २०८२
  • No Comment
  • 8

सुर्खेतमा ब्राउन सुगरसहित वली पक्राउ

वीरेन्द्रनगर, १९ चैत । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११, गणेशपुर टोल बस्ने २८ वर्षीय विजय वलीलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।

बिहीबार दिउँसो करिब २:३० बजेको समयमा आफ्नै घरमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले उनलाई फेला पारेको थियो। वलीमाथि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको साथबाट दुईवटा ठूला पुडिया र चारवटा साना पुडिया गरी जम्मा ६ पुडिया लागूऔषध फेला परेको छ। बरामद गरिएको उक्त पदार्थको तौल करिब २ ग्राम रहेको छ। लागूऔषधसहित नियन्त्रणमा लिइएका वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ र घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि

२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि

 सुर्खेत — गत फागुन २३ गते वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएकी इनिशा बिकको २७ दिनपछि भेरी नदीमा अन्त्येष्टि गरिएको…
प्रदेश खारेज गर्ने प्रस्ताव ल्याए रास्वपालाई राप्रपाले दुईतिहाइ पुर्‍याइदिने

प्रदेश खारेज गर्ने प्रस्ताव ल्याए रास्वपालाई राप्रपाले दुईतिहाइ पुर्‍याइदिने

 काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश संरचना खारेज गर्ने प्रस्ताव आएमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुईतिहाइ मत पुर्‍याउन…
व्यवसायी दीपक भट्ट पाटनबाट पक्राउ 

व्यवसायी दीपक भट्ट पाटनबाट पक्राउ 

काठमाडौं — व्यवसायी दीपक भट्टलाई प्रहरीले ललितपुरको पाटन क्षेत्रबाट पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिइएको विषयमा एक प्रहरी अधिकारीले जानकारी दिएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *