- जेष्ठ १६, २०८२
- No Comment
- 6
चौकुनेमा 7 ‘A’ साइट खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका वडा नं ६ श्री जिवन ज्योति मा विको प्राङ्गणमा 7 ‘A’ साइड खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको छ । श्री दोभान असल सासन युवा क्लबको आयोजनामा जेष्ठ १४ गतेबाट शुरु भएको प्रतियोगिता विभिन्न क्षेत्रका १० टिमको सहभागीता रहेको थियो ।
तीन दिनसम्म भएको फाइनल खेलमा USI युवा क्लब चौकुने ८ ले असल शासन युवा क्लव झकमके ६ लाई २ – १ ले पराजित गर्दै उपाधि चुमेको हो । चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाको प्रमुख अतिथ्तामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष नर बहादुर बान्तोलाले यस क्षेत्रमा समुधर भुभाग रहेको हुनाले खेल क्षेत्रका लागि उर्वभुमि भए पनि राम्रो प्रशिक्षकको अभाव रहेको बताउनु भयो ।
उहाँले यसको लागि आफ्नो तर्फबाट र चौकुने गाउँपालिकाको तर्फबाट खेल क्षेत्रमा र खेलकुदका लागि व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । कार्यक्रममा चौकुने गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष एवं सामाजिक बिकास संयोजक कमल जि सी ले समेत मन्तव्य राख्नुुभएको थियो । प्रतियोगिता प्रथम, द्धितिय हुनेलाई क्रमश १५,००० र ५,००० नगदसहित मेडल ट्रफी र प्रमाण-पत्र प्रदान गरिएको छ । असलशासन युवा क्लबका अध्यक्ष लक्ष्मण बिष्टको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन पदमराज शर्माले गर्नुभएको थियो ।
