• जेष्ठ १६, २०८२
  • No Comment
  • 101

चौकुने गाउँपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । चौकुने गाउँपालिलीकाको सहयोग र समन्वयमा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा विपद् व्यवस्थापनका क्षेत्रमा भएगरेका कार्यक्रमहरु र कानुनी प्रावधान,स्थानिय विपद् व्यवस्थापन समितिको काम कर्तव्य अधिकारका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन ऐन २०७४,ऐनका विशेषताहरु,स्थानिय तहमा विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन सम्बन्धि नितिगत व्यवस्थापन, समुदायमा आधारित विपद् जोखिम न्युनिकरण लगायतका विषयमा बिपद ब्यवस्थापन शाखाका प्रमुख पदमराज शर्माले सहजकिरण गर्नु भएको थियो ।

कुनैपनि विपद्का घटना घटेमा त्यसमा फसेका मानिसलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमामा पालिकाका जनप्रतिनिधी सगको सहकार्य र समन्वयमा छलफल भएको चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेले बताउनुभयो ।

चौकुने गाउँपालिकाका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक खडक बिवस वासपाने को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बान्तोला वडा न ६ का वडा अध्यक्ष, गोबिन्द थापा , वडा न ७ का वडा अध्यक्ष धनिराम धमला , वडा न ८ का वडा अध्यक्ष कमल जि सी ,वडा न ५ वडा अध्यक्ष तुलाराम हिस्की मगर ,कार्यपालिका सदस्य, ईलाका प्रहरी कार्यालय गुटुका ईन्चार्ज अनिल कुमार शाही , सशस्त्र प्रहरी बेसक्याम्प गुटुका ईन्चार्ज बिष्णु बि सी जनप्रतिनिधी, लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *