• जेष्ठ १६, २०८२
  • No Comment
  • 163

चौकुने गाउँपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । चौकुने गाउँपालिलीकाको सहयोग र समन्वयमा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा विपद् व्यवस्थापनका क्षेत्रमा भएगरेका कार्यक्रमहरु र कानुनी प्रावधान,स्थानिय विपद् व्यवस्थापन समितिको काम कर्तव्य अधिकारका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन ऐन २०७४,ऐनका विशेषताहरु,स्थानिय तहमा विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन सम्बन्धि नितिगत व्यवस्थापन, समुदायमा आधारित विपद् जोखिम न्युनिकरण लगायतका विषयमा बिपद ब्यवस्थापन शाखाका प्रमुख पदमराज शर्माले सहजकिरण गर्नु भएको थियो ।

कुनैपनि विपद्का घटना घटेमा त्यसमा फसेका मानिसलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमामा पालिकाका जनप्रतिनिधी सगको सहकार्य र समन्वयमा छलफल भएको चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेले बताउनुभयो ।

चौकुने गाउँपालिकाका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक खडक बिवस वासपाने को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बान्तोला वडा न ६ का वडा अध्यक्ष, गोबिन्द थापा , वडा न ७ का वडा अध्यक्ष धनिराम धमला , वडा न ८ का वडा अध्यक्ष कमल जि सी ,वडा न ५ वडा अध्यक्ष तुलाराम हिस्की मगर ,कार्यपालिका सदस्य, ईलाका प्रहरी कार्यालय गुटुका ईन्चार्ज अनिल कुमार शाही , सशस्त्र प्रहरी बेसक्याम्प गुटुका ईन्चार्ज बिष्णु बि सी जनप्रतिनिधी, लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *