• जेष्ठ १४, २०८२
  • No Comment
  • 24

नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस चितवनमा दुर्घटना : २३ जना घाइते

चितवन । नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिएकी छन ।

उनका अनुसार घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

यात्रुहरूको अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरीकाे जनाएकाे  छ।

सम्बन्धित खबर

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक हुँदै  

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक…

सुर्खेत। सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘मधु’ दर्शकमाझ ल्याउने भएकी छन्…
एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *