• जेष्ठ १४, २०८२
  • No Comment
  • 117

प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिइएको छ।

आज दिउँसो लुम्बिनी प्रदेशसहित देशका अधिकांश पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज रातिको लागि पनि बागमती, गण्डकी लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, उच्च हिमाली भेगहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना कायम रहेको छ।

आज सूर्योदय बिहान ५:०९ बजे भएको थियो भने सूर्यास्त साँझ ६:५३ बजे हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *