• जेष्ठ ११, २०८२
  • No Comment
  • 89

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

सुर्खेत। सुर्खेतमा जुवातास खलिरहेको अवस्था ४ जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका- ९ बुलबुले स्थित नगेन्द्र प्रसाद अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका- ७ निवासी ६४ वर्षीय लक्ष्मी प्रसाद देवकोटा, सोही नगरपालिका- ९ निवासी ५६ वर्षीय ददिराम खरेल, ५८ वर्षीय तुलाराम अधिकारी र ३४ वर्षीय नरेन्द्र प्रसाद अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनीहरुको साथबाट ७६,९०० नगद, ५२ पत्ति तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले बताएका छन । पक्राउ परेका उनीहरुलाई ५ दिनको म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *