- जेष्ठ १०, २०८२
- No Comment
- 133
चौकुने गाउँपालिकामा चौकुने सांस्कृतिक समाजको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

चौकुने। चौकुने गाउँपालिका वडा नम्बर ८ स्थित बिशालबजारमा चौकुने सांस्कृतिक समाजको वार्षिकोत्सव तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। आयाेजित कार्यक्रममा देउडा गायीका गंगा खत्री , दानकला नेपाली र देउडा गायक रण बहादुर भण्डारी,रतन देवकोटा लगायतका अन्य देउडा गायक बिच घम्साघम्सी देउडा खेल भएको चौकुने साँस्कृतिक समाजका अध्यक्ष शिवराज जोशीले जानकारी दिनुभयो ।
कला संस्कृतिको पहिचान र हामी सबैको सम्मान भन्ने मुल नारा सहित कलाकारको संरक्षणको लागि वडा सरकारले यस्ता सांस्कृतिक कार्यक्रमलाई प्राथमिकतामा राखेको वडा न ७ का वडा अध्यक्ष धनिराम धमालाले बताउनुभयो ।कर्णालीको देउडा लोक संस्कृतिको रूपमा रहेको छ । देउडा खेल यहाँका हरेक ज्येष्ठ नागरिकदेखि युवा र बालबालिकामा समेत उत्तिकै मन पर्ने सांस्कृतिक रूपमा लिइन्छ ।कर्णालीमा देउडाको विशेष महत्त्व रहेको छ । छोराको छैटी, व्रतबन्ध, विवाहदेखि देवताका पूजापाठसम्म देउडा दोहोरी खेल्ने प्रचलन रहेको छ ।
देउडा यहाँको सांस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुति र दर्शकहरूको पहिलो रोजाइमा पर्दछ।पछिल्लो पुस्तामा आएर देउडा खेल्ने संस्कृति लोप हुन लागेको भन्दै प्रमुख अतिथि कमल जि सीले यस्ता पुराना संस्कृतिको जगेर्ना गर्न वडा सरकार र पालिकासरकार प्रतीबद्ध रहेकाे बताउनुभयो । चौकुने सांस्कृतिक समाजका अध्यक्ष शिवराज जोशीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा चौकुने गाउँपालिका वडा न ८ का वडा अध्यक्ष तथा चौकुने सामाजिक बिकास संयोजक कमल जि सी रहनु भएको थियो ।
यस्तै विशिष्ट अतिथिमा न्याउले खेलका संस्थापक देवानन्द रिमाल न्याउले गायिका गंगा खत्री ,दानकला नेपाली , वडा नं.७ का वडा अध्यक्ष धनिराम धमाला लगायत स्थानीय नागरिक सहित देउडा प्रेमीकाे सहभागीता रहेकाे थियोे । भने कार्यक्रम संचालन चौकुने सांस्कृतिक समाजका सह-सचिव शिवराज न्यौपानेले गर्नु भएको थियो ।