• जेष्ठ १०, २०८२
  • No Comment
  • 180

चौकुने गाउँपालिकामा चौकुने सांस्कृतिक समाजको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

चौकुने।  चौकुने गाउँपालिका वडा नम्बर ८ स्थित बिशालबजारमा चौकुने सांस्कृतिक समाजको वार्षिकोत्सव तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। आयाेजित कार्यक्रममा देउडा गायीका गंगा खत्री , दानकला नेपाली र देउडा गायक रण बहादुर भण्डारी,रतन देवकोटा लगायतका अन्य देउडा गायक बिच घम्साघम्सी देउडा खेल भएको चौकुने साँस्कृतिक समाजका अध्यक्ष शिवराज जोशीले जानकारी दिनुभयो ।

कला संस्कृतिको पहिचान र हामी सबैको सम्मान भन्ने मुल नारा सहित कलाकारको संरक्षणको लागि वडा सरकारले यस्ता सांस्कृतिक कार्यक्रमलाई प्राथमिकतामा राखेको वडा न ७ का वडा अध्यक्ष धनिराम धमालाले बताउनुभयो ।कर्णालीको देउडा लोक संस्कृतिको रूपमा रहेको छ । देउडा खेल यहाँका हरेक ज्येष्ठ नागरिकदेखि युवा र बालबालिकामा समेत उत्तिकै मन पर्ने सांस्कृतिक रूपमा लिइन्छ ।कर्णालीमा देउडाको विशेष महत्त्व रहेको छ । छोराको छैटी, व्रतबन्ध, विवाहदेखि देवताका पूजापाठसम्म देउडा दोहोरी खेल्ने प्रचलन रहेको छ ।

देउडा यहाँको सांस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुति र दर्शकहरूको पहिलो रोजाइमा पर्दछ।पछिल्लो पुस्तामा आएर देउडा खेल्ने संस्कृति लोप हुन लागेको भन्दै प्रमुख अतिथि कमल जि सीले यस्ता पुराना संस्कृतिको जगेर्ना गर्न वडा सरकार र पालिकासरकार प्रतीबद्ध रहेकाे बताउनुभयो । चौकुने सांस्कृतिक समाजका अध्यक्ष शिवराज जोशीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा चौकुने गाउँपालिका वडा न ८ का वडा अध्यक्ष तथा चौकुने सामाजिक बिकास संयोजक कमल जि सी रहनु भएको थियो ।

यस्तै विशिष्ट अतिथिमा न्याउले खेलका संस्थापक देवानन्द रिमाल न्याउले गायिका गंगा खत्री ,दानकला नेपाली , वडा नं.७ का वडा अध्यक्ष धनिराम धमाला लगायत स्थानीय नागरिक सहित देउडा प्रेमीकाे सहभागीता रहेकाे थियोे । भने कार्यक्रम संचालन चौकुने सांस्कृतिक समाजका सह-सचिव शिवराज न्यौपानेले गर्नु भएको थियो ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *