• जेष्ठ १०, २०८२
  • No Comment
  • 142

युवा स-शक्तिकरणको दुर्ब्यसनी सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

चौकुने। चौकुने गाउँपालिका वार्ड नं ८ स्थित सयुक्त समाज सुधार युवा क्लबले लागू औसध तथा दुर्ब्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।वडा नं ८ को वडा कार्यलयको सभाहलमा सञ्चालन भएको कार्यक्रममा करिब ८० जना बिद्यार्थीहरु सहभागी रहेका थिए । चौकुनेको पछिल्लो गतिविधि हेर्दा खेरी,यहाँको प्रमुख समस्या भौतिक निर्माण मात्र नभएर यहाँका युवाहरु चौकुनेका सम्पत्ति हुन ।

यहाँका बालबालिका चौकुनेका भविष्य हुन,जसलाई जोगाएर राम्रो बाटो देखाउनु पनि एउटा दर्बिलो बिकास हो । यहाँका युवा तथा बालबालिकाहरु कुलतमा फसिरहँदा ,लागू औषध सेवन गरिरहँदा चौकुनेमा मात्र नभएर भोलिको समग्र देशलाई नकारात्मक असर पार्न सक्दछ ।’ लागू औषध अहिलेको युवापिढीमा प्रमुख समस्या भएको समुहका अध्यक्ष पुर्ण प्रसाद देबकोटाले बताउनु भएको छ कार्यक्रमलाई चौकुने गाउँपालिका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढा , प्रदेश अस्पताल सुर्खेतका क्लिनिक साईकोलोजिष्ट पुर्ण बहादुर रावत , ईलाका प्रहरी कार्यलय गुटुका इन्चार्ज अनिल कुमार शाही र गुटु स्वास्थ्य चौकीका प्रमुख गगन पाण्डेले सहजीकरण गर्नु भएको थियो ।

चौकुने गाउँपालिका वडा नं ८को वडा कार्यलयको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा वडा न ८ का वडाअध्यक्ष कमल जि सी रहनु भएको थियो भने वडा सदस्य मान बहादुर श्रेष्ठ ,ने रा मा.बि. भट्टेसराका प्रधानाध्यापक मोहन प्रसाद पौडेल र क्लिनिक साईकोलोजिष्ट पुर्ण बहादुर रावतले आतिथ्यता ग्रहण गर्नु भएको थियो । समुहका अध्यक्ष पुर्ण प्रसाद देवकोटाको संयोजनमा भएको कार्यक्रमलाई आधारभुत स्वास्थ्य सेवाकेन्द्र साल्मका प्रमुख बिरेन्द्र बयकले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *