• जेष्ठ ८, २०८२
  • No Comment
  • 29

हुम्लाको लिमीमा पहिरो गएको एक सातापछि मात्र कर्णाली प्रदेश सरकारको राहत

सुर्खेत । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा पहिरो गएको एक सातापछि मात्रै कर्णाली प्रदेश सरकारले राहत सामग्री पठाएको छ। गत जेठ १ गते आएको पहिरोले १८ परिवारलाई विस्थापित बनाएपछि उनीहरू त्रिपालमुनि बस्दै आएका थिए।

कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले जिल्ला प्रशासन कार्यालय हुम्लाको माग अनुसार राहत सामग्री पठाइएको जानकारी दिए।

राहत सामग्रीमा ५ सेट अस्थायी घर, २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम, म्याट्रेसलगायतका सामग्री रहेका छन्। गौतमका अनुसार सामग्रीहरू प्रभावित क्षेत्रसम्म पुर्‍याइएको छ।

पहिलोपटक बुधबार मात्र राहत सामग्री पीडितसम्म पुर्‍याइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा विभिन्न संघसंस्थाहरूको सहयोगमा चामललगायतका सामग्रीहरू हेलिकप्टरमार्फत लिमी पुर्‍याइएको हो।

स्थानीयवासीले ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। कठिन भौगोलिक अवस्थाका कारण पनि राहत ढुवानीमा ढिलाइ भएको सरोकारवालाहरूको भनाइ छ।

सम्बन्धित खबर

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक हुँदै  

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक…

सुर्खेत। सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘मधु’ दर्शकमाझ ल्याउने भएकी छन्…
एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *