• जेष्ठ ८, २०८२
  • No Comment
  • 103

हुम्लाको लिमीमा पहिरो गएको एक सातापछि मात्र कर्णाली प्रदेश सरकारको राहत

सुर्खेत । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा पहिरो गएको एक सातापछि मात्रै कर्णाली प्रदेश सरकारले राहत सामग्री पठाएको छ। गत जेठ १ गते आएको पहिरोले १८ परिवारलाई विस्थापित बनाएपछि उनीहरू त्रिपालमुनि बस्दै आएका थिए।

कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले जिल्ला प्रशासन कार्यालय हुम्लाको माग अनुसार राहत सामग्री पठाइएको जानकारी दिए।

राहत सामग्रीमा ५ सेट अस्थायी घर, २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम, म्याट्रेसलगायतका सामग्री रहेका छन्। गौतमका अनुसार सामग्रीहरू प्रभावित क्षेत्रसम्म पुर्‍याइएको छ।

पहिलोपटक बुधबार मात्र राहत सामग्री पीडितसम्म पुर्‍याइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा विभिन्न संघसंस्थाहरूको सहयोगमा चामललगायतका सामग्रीहरू हेलिकप्टरमार्फत लिमी पुर्‍याइएको हो।

स्थानीयवासीले ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। कठिन भौगोलिक अवस्थाका कारण पनि राहत ढुवानीमा ढिलाइ भएको सरोकारवालाहरूको भनाइ छ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *