• जेष्ठ ७, २०८२
  • No Comment
  • 101

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी दिए । शनिबार राति २ सय मेगावाट विद्युत निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको उनले बताए । केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत निर्यात गर्न थालेको हो । भारतबाट महँगो मूल्यमा किनेर सस्तोमा ग्राहकलाई बिक्री गर्दा गर्दा दैनिक रूपमा ठूलो घाटा बेहोरिरहेको प्राधिकरणलाई योसँगै राहत भएको छ ।

नदीमा पानीको बहाव बढेसँगै नेपालको पिक लोडमा हुने मागकै हाराहारीमा विद्युत उत्पादन भइरहेको प्रवक्ता सिल्पकारले जानकारी दिए । अहिले पिक समयमा १९५० मेगावाट विद्युतको माग छ । नेपालका आयोजनाहरूबाट १९२५ मेगावाट हाराहारीमा विद्युत उत्पादन भइरहेको उनको भनाइ छ । पिक डिमान्ड भएको समय र दिनमा भने अझै पनि भारतबाट विद्युत आयात भइरहेको छ । मंगलबार भारतबाट २ सय ७८ मेगावाट विद्युत आयात भएको उनले बताए ।
यो वर्षको सुख्या याममा नेपालले एक हजार मेगावाटसम्म विद्युत भारतबाट आयात भएको थियो । बर्खाका बेलामा नेपालले विद्युत निर्यात गर्दै आएको छ । गत वर्षदेखि नेपालले आयात गरेको भन्दा निर्यात गरेको विद्युतको परिमाण बढी भएको थियो । अर्थात्, नेपाल खुद विद्युत निर्यातक बनेको थियो ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *