• जेष्ठ ५, २०८२
  • No Comment
  • 97

सिंहदरबारकै धारामा मेलम्चीको पानी झर्न लाग्यो तीन वर्ष !

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुग्ने सेवाग्राहीको प्यास मेटाउन बनाइएका धारामा तीन वर्षपछि बल्ल मेलम्चीको पानी झरेको छ ।

२०७९ चैत १७ गते सिंहदरबार परिसरमा पहिलो पटक सञ्चालनमा ल्याइएको धारामा सोमबार दिउँसो बल्ल पानी खसेको हो ।

एक कार्यक्रमबीच सोमबार खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरू गरेका हुन् । उनले आफूले पनि मेलम्चीको पानी पिएर वितरण सुरू भएको घोषणा गरे ।

मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरू भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए ।

सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्‍याउन पाइप लाइनको विस्तार गरिने उनले बताएका छन् ।

खानेपानी मन्त्री प्रदीप यादवले यसअघि १० वैशाखमा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताएका थिए ।

सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरणका लागि अनुगमनका क्रममा उनले वर्षौँदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी सदाका लागि अन्त्य गरिने बताएका थिए ।

उनले भनेअनुसार सोबारदेखि सुरू पानी वितरणले निरन्तरता पाएमा सिंहदरबार पुग्दा तिर्खाउने सर्वसाधारण र सेवाग्राहीलाई केही रात हुने भएको छ।

सिंहदरबारमा सेवा लिन अहिलेसम्म आफैं पानी बोकेर जानुपर्ने बाध्यता थियो । आफैँ पानी बोकेर नजानेहरू मन्त्रालयका क्यान्टिनतिर छिरेर किन्नुपर्ने बाध्यता हुन्थे ।

अहिलेसम्म सिंहदरबार जार र बोतलको पानीले चलेको थियो । यहाँका सबैजसो मन्त्रालय र सरकारी कार्यालयमा जारकै पानी पुग्ने गरेको थियो । त्यहीकारण मन्त्रालयहरूले सेवाग्रही र सर्वसाधारणलाई निःशुल्क पानी दिँदैन थिए ।

सिंहदरबारमा पहिलो पटक खानेपानी वितरणका लागि सार्वजनिक धारा सञ्चालन गरिए पनि पानी झरेको थिएन । यी धारा जनमत पार्टीबाट खानेपानीमन्त्री बनेका अब्दुल खानले राखेका थिए ।

उनले सिंहदरबारदेखि सार्वजनिक धारा राख्ने अभियान थालेका थिए ।त्यसबेला उनले मुख्य सडक, सार्वजनिक पार्क, बसपार्क र सरकारी कार्यालय धारा राख्दै जाने योजना बनाएका थिए ।

तर उनले यो अभियान चलाएकै बेला राजीनामा दिए । त्यहीकारण सिंहदरबारमा राखिएका तीनवटा धारामा पानी खस्न पाएन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले ५ लाख खर्च गरेर सिंहदरबारमा धारा त जोड्यो तर पानी आएन ।

अर्कातिर तत्कालीन प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको धारामा पनि पानी झरेको थिएन । दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि २०८० माघ १ गते मेलम्चीको पानी पुनःवितरणको उद्घाटन गर्दा धारो राखिएको थियो । उक्त धाराबाट पनि उद्घाट सकेपछि पानी झरेको थिएन ।

लामो समयदेखि अलपत्र यी धारामा अब बल्ल पानी झर्न थालेका छन् । सुरूमा जोड्दै सिंहदरबारका यी ती धाराको पानी उपभोक्ताले सिधै पिउन सकिने केयूकेएलले बताएको थियो । त्यसबेला २४सै घण्टा पानी आउने गरी यी धारा जोडिएका थिए । तर यी धारामा तीन वर्षसम्म पानी आउँदै आएन ।

सरसफाइ अभावले बेवारिस बनेका यी धारमा सोमबारदेखि भने पानी खस्न थालेको छ । पानी वितरण कार्यक्रममा मन्त्रालयका सचिव ईन्जिनियर प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव ईन्जिनियर मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईन्जिनियर रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायत सहभागी थिए ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *