• जेष्ठ ५, २०८२
  • No Comment
  • 21

हुम्लामा दुईवटा हिमताल फुटेपछि बाढी : १९ घरधुरी त्रिपालमा 

हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेपछि आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। वडाध्यक्ष पाल्जोर तामाङका अनुसार, गाउँभन्दा माथिल्लो भाग थाक्रामा अवस्थित दुईवटा हिमताल जेठ १ गते फुटेका हुन्। ती हिमताल फुटेपछि बग्दै आएको लेदो र माटोले तिलगाउँमा बाढीको रूप लिएको हो।

वडाध्यक्ष तामाङका अनुसार, बाढीका कारण १९ घरधुरी विस्थापित भएका छन् र हाल ती परिवार त्रिपालमा बसोबास गरिरहेका छन्। त्रिपालमा आश्रय लिएका ३३ जना स्थानीयलाई तत्कालीन राहतस्वरूप खानेकुराको व्यवस्था गरिएको छ। “मैले व्यक्तिगत रूपमा सक्दो सहयोग गरेको छु, तर यो समस्या वडा वा पालिकाले मात्र समाधान गर्न सक्ने हैन, संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने अवस्था छ,” तामाङले बताए।

घटनाको पुष्टि गर्न हालै पाँच सदस्यीय स्थानीय टोली थाक्रामा पुगेको छ। टोलीले हिमताल फुटेको दृश्य प्रत्यक्ष अवलोकन गरी फर्किएको हो। प्रारम्भिक जानकारी अनुसार, अझै पनि थाक्राबाट लेदो बगिरहेको छ, जसले जोखिम अझै समाप्त नभएको संकेत गर्दछ।

जिल्ला प्रशासन कार्यालय, हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार, गृह मन्त्रालय, विपद् व्यवस्थापन महाशाखा तथा खानी तथा भूगर्भ विभागसँग समन्वय भइरहेको छ। “सुरक्षाकर्मीको टोली बाढीको कारण पत्ता लगाउन गएका थिए, तर उच्च भौगोलिक क्षेत्रका कारण स्वास्थ्य समस्या देखिएपछि उनीहरू बीच बाटोबाटै फर्कनुपर्‍यो,” पाण्डेयले जानकारी दिए।

प्रभावित स्थानीयहरूले हेलिकोप्टरमार्फत उद्धार र मूल्यांकनको माग गरिरहेका छन्। “हेलिकोप्टरको आवश्यकता हिजोदेखि नै उठिरहेको छ। अहिले त्यहाँ पुगेका टोलीको रिपोर्टको आधारमा अबको रणनीति बनाइनेछ,” पाण्डेयले भने।

सम्बन्धित खबर

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट तत्काल लागू गरियोस

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट…

 सुर्खेत। कर्णाली प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै…
वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

 सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *