• जेष्ठ १८, २०८२
  • No Comment
  • 135

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

 सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले आइतबार दिउँसो छापा मारेर फार्मेसी सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार फार्मेसीबाट ट्रमाडोल ट्याब्लेट २४७ थान र खाली ट्रमाडोल ट्याब्लेटका खोल ४१० थान बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा फार्मेसी सञ्चालक ५४ वर्षीय रमेशबहादुर शाही, २५ वर्षीय हिक्मतजंग शाही र २५ वर्षीय प्रलाद अधिकारी रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर लागुऔषध कारोबारमा संलग्नता रहेको आशङ्कामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार औषधि नियमन सम्बन्धी कानुन विपरीत ट्रमाडोल जस्ता संवेदनशील औषधिहरू बिना डाक्टरको प्रेसक्रिप्सन बिक्री गरिनु गम्भीर अपराध मानिन्छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *