• जेष्ठ १८, २०८२
  • No Comment
  • 160

जुवातास खेलिरहेको अवस्थामा सुर्खेतमा ५ जना पक्राउ

सुर्खेत। सुर्खेत  वीरेन्द्रनगर नगरपालिका वडा नम्बर- ४ यरिचोक स्थित रहेको पंचकोशी ज्वाला रेष्टुरेन्ट एण्ड लजमा शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा सुर्खेत प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख भैरवी गाँउपालिका वडा नम्बर -२ का स्थायी ठेगाना भएका हाल वीरेन्द्रनगर- ४ निवासी ४० वर्षीय पदम बहादुर थापा, सोही गाउँपालिका वडा नम्बर- १ स्थायी ठेगाना भएका हाल वीरेन्द्रनगर वडा नम्बर- १ निवासी ३७ वर्षीय गणेश विष्ट, वडा नम्बर २ स्थायी ठेगाना भएका हाल वारेन्द्रनगर- ३ निवासी ३९ वर्षीय धर्मराज थापा , दैलेख चामुण्डा बिन्द्रसैनी नगरपालिका वडा नम्बर- ४ निवासी ३१ वर्षीय ज्ञानेन्द्र शाही र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर- ६ निवासी ४६ वर्षीय कोशोर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक मोहनजंग बुढथापाले जानकारी दिएका छन ।

विशेष सुचनाका आधारमा उनीहरुको साथबाट ७ गड्डी तास सहित नेपाली नोट नगद ९३,९०० र भारतीय रुपैया २००० गरी जम्मा ९७, १०० रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गरिएको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *