• जेष्ठ १८, २०८२
  • No Comment
  • 66

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले भेरीगंगा नगरपालिका–४ बिरेडाँडामा आज बिहान करिब २:३० बजे शंकास्पद गाडी जाँच गर्दा अवैध सालको काठ फेला पारेको हो। कर्णाली प्रदेश ०२००१ च ०५२८ नम्बरको डबल क्याब गाडीबाट ४ फिट लम्बाइका २९ वटा साल प्रजातिका काठका कडिहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

गाडी चालक भेरीगंगा नगरपालिका–१३ निवासी ३० वर्षीय कमल प्रसाद शर्मा रहेका छन्। उनीसँगै सोही ठाउँका ३३ वर्षीय सहबिर गैरापिपल र ४५ वर्षीय विकास परियारलाई पनि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार बरामद काठको नापजाँच गर्दा जम्मा ९.४७ क्युफिट रहेको छ। प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *