• जेष्ठ १८, २०८२
  • No Comment
  • 162

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट तत्काल लागू गरियोस

 सुर्खेत। कर्णाली प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण तथा आग्रह पत्र बुझाएका छन्।

जन नमुना माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सुर्खेत बहुमुखी क्याम्पसका प्रतिनिधित्व गर्ने विद्यार्थीहरू शुक्रबार मुख्यमन्त्री कार्यालय पुगेका थिए । ध्यानाकर्षण पत्र बुझाउनेमा जन नमुना माविका विद्यार्थी नारायण नेपाल, राजेश खत्री, प्रवेश सेजुवाल, नेपाल राष्ट्रिय माविका दिपेश थापा र सुर्खेत बहुमुखी क्याम्पसका निशान्त अधिकारीलगायतको सहभागिता रहेको थियो।

विद्यार्थीहरूले तीन प्रमुख मागहरू यस्ता छन ।

  1. विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट दिने व्यवस्था तत्काल लागू गर्न,

  2. छुट कार्यान्वयन पारदर्शी बनाउने तथा प्रभावकारी अनुगमन प्रणाली लागू गर्न,

  3. विद्यार्थी मैत्री नीति निर्माण तथा आवश्यक सहुलियत कार्यक्रमहरूको विस्तार गर्न।

उनीहरूले प्रदेश सरकारले विद्यार्थी हितका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने माग गर्दै उक्त छुटको व्यवस्था कागजमा मात्र सिमित नराखी व्यवहारमा लागू गर्न जोड दिएका छन्।

“यदि मागहरू एक महिनाभित्र सम्बोधन भएनन् भने, चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलनको मार्ग अवलम्बन गर्नेछौँ,” विद्यार्थी प्रतिनिधिहरूले बताएका छन्।

यस विषयमा प्रदेश सरकारको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *