• जेष्ठ ५, २०८२
  • No Comment
  • 23

आजकाे माैसम :  देशका विभिन्न भु-भागमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ भने बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले समेत मौसममा आंशिक प्रभाव पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, गण्डकी लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ।

सोमबारका लागि मौसम पूर्वानुमानमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रमा र अन्य केही भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि देखिएको छ। साथै मधेस प्रदेश, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

महाशाखाले वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *