• जेष्ठ ४, २०८२
  • No Comment
  • 82

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा चट्याङ्गसहित वर्षाको सम्भावना 

काठमाडौं। देशभर विभिन्न मौसमीय प्रणालीको प्रभाव कायमै रहेका कारण आज पनि केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ। यसले गर्दा देशका विभिन्न भूभागमा बदलीसहितको मौसम बनेको हो।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। ती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।

 
रातिपनि कोशी, मधेश, बागमती, गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। ती क्षेत्रमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपात हुनसक्ने बताइएको छ।

 
विभागले गर्मीका कारण र वर्षाका प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। विशेषगरी चट्याङ्ग र मेघगर्जन हुने सम्भावित क्षेत्रमा सावधानी अपनाउन र आवश्यक तयारी गर्न सुझाव दिइएको छ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *