• जेष्ठ २, २०८२
  • No Comment
  • 106

आजको मौसम  

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको मौसममा बदली देखिएको छ भने कतिपय स्थानमा वर्षा र चट्याङ्ग पनि भइरहेको छ।

देशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारण बदली रहेको छ भने तराई तथा अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा वा आंशिक बदलीको अवस्थामा रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको विभागले जानकारी दिएको छ।

आज दिउँसो विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

सामान्यतः आजको मौसम खेतीपातीका लागि केही राहत दिने खालको भए पनि, उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिइएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *