• जेष्ठ १, २०८२
  • No Comment
  • 93

प्रदेश सरकारमा थपियो ५ अर्ब बेरुजु, गत आर्थिक वर्षमा सबैभन्दा धेरै मधेशमा, बागमतीको कम

पोखरा– प्रदेश सरकारले मनपरी खर्च गर्दा बेरुजु रकम बढ्नेक्रम जारी छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा मात्रै ५ अर्ब २ करोड १९ लाख ९७ हजार रुपैयाँ बेरुजु बढेको हो । हालसम्म प्रदेश सरकारको बेरुजु ३४ अर्व १३ करोड ७९ लाख ५१ हजार रुपैयाँ कायम भएको छ । जसमध्ये पनि ९ अर्ब ९५ करोड ४१ लाख २९ हजार रुपैयाँ पेस्की रहेको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी बेरुजु मधेश प्रदेशको २.०७ प्रतिशत र सबैभन्दा कम बेरुजु बागमती प्रदेशको १.०३ प्रतिशत रहेको छ ।
मधेश प्रदेशको १ अर्ब १६ करोड ३८ लाख दुई हजार रुपैयाँ बेरुजु देखिँदा कोशी प्रदेशको सबैभन्दा कम ८६ करोड ८१ लख ८९ हजार रुपैयाँ बेरुजु कायम भएको छ ।
बागमती प्रदेशको ८५ करोड १७ लाख ८२ हजार रुपैयाँ, गण्डकीको ५१ करोड ९८ लाख ३३ हजार रुपैयाँ, लुम्बिनीको ६५ करोड ८२ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । कर्णालीको ४५ करोड ९४ लाख ८२ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशको ५० करोड ६ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिन्छ । सातै प्रदेशका १ हजार २ सय ९० कार्यालयको लेखापरीक्षण गरिरएको थियो । प्रदेश सरकार मातहत सरकारी कार्यालय, संस्था र समितितर्फको आर्थिक वर्ष २०७९÷८० सम्म बेरुजु रकम ३१ अर्ब ५० करोड ९५ लाख २० हजार रुपैयाँ रहेकोमा समपरीक्षणबाट २ अर्ब ४६ करोड १८ लाख ५० हजार फछ्र्यौट भएको थियो । समपरीक्षण गर्दा ६ करोड ८२ लाख ८४ हजार रुपैयाँ थपेर २९ अर्ब ११ करोड ५९ लाख ५४ हजार बाँकी रहेकोमा एकैपटक ५ अर्ब थपिएको छ ।

प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा व्यापाक रकामन्तर गरेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ । २०८१ को असार महिनामा मात्रै कोशी प्रदेशले ९१ करोड ९ लाख ३६ हजार रुपैयाँ, मधेश प्रदेशले १० करोड २ लाख ५३ हजार रुपैयाँ, गण्डकी प्रदेशले ९४ करोड ८९ लाख १५ हजार रुपैयाँ बजेट रकमान्तर गरेका छन् ।
लुम्बिनी प्रदेशले त १ अर्ब १५ करोड १ लाख ५४ हजार रुपैयाँ रकमान्तर गरेको देखिन्छ । कर्णाली प्रदेशले ३४ करोड ४८ लाख ९७ हजार रकमान्तर गरेका छन् । ‘वर्षान्तमा रकमान्तर गरी खर्च गर्ने कार्यमा नियन्त्रण गर्नुपर्दछ,’ महालेखाले सुझाव दिएको छ ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *