• जेष्ठ २, २०८२
  • No Comment
  • 13

नगरपालिकाका १५ शय्याका अस्पतालमा दरबन्दी माग गर्दै दन्त चिकित्सक आन्दोलित

नेपाल डेन्टल एसोसिएशनले नगरपालिकामा स्थापना हुने १५ शय्या क्षमताका आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न दबाब दिँन दन्त चिकित्सकहरु आन्दोलित भएका छन्।

नेपाल डेन्टल एसोसिएशनको नेतृत्वमा आन्दोलित चिकित्सकहरुले बिरोध स्वरुप अहिले कालोपट्टी बाँधेर काम गरिरहेका छन्।  सरकारले हालै पारित गरेको आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ अनुसार १५ शय्याका अस्पतालमा दन्त चिकित्सकको दरबन्दीको सुनिश्चितताको माग राख्दै आइतबारदेखि देशव्यापी आन्दोलनका कार्यक्रम गरिरहेको छ। एसोसिएशनले पहिलो चरणमा आइतबारदेखि देशभरिका सम्पूर्ण निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुको डेन्टल ओपिडी र वेटिङ क्षेत्रमा ‘नगरपालिकामा हुने १५ शय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राखी नेपाली नागरिकलाई दन्त चिकित्सकबाट उचित सेवा प्राप्तिको प्रत्याभूति गर सरकार’ भन्ने ब्यानर तथा पोस्टर टाँस्नुका साथै कालोपट्टी बाँधेर काम गर्ने निर्णय लिएको छ।

सम्बन्धित खबर

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

 सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *