• जेष्ठ १, २०८२
  • No Comment
  • 111

महिला टी-२० विश्वकप एसिया छनोट: नेपाल आज बहराइनसँग प्रतिस्पर्धा गर्दै 

काठमाडौं । थाइल्यान्डमा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज बहराइनविरुद्ध खेल्दैछ। दिउँसो साढे १२ बजे सुरु हुने खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा आफ्नो सम्भावनालाई जीवन्त राख्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

नेपालले अहिलेसम्म प्रतियोगितामा तीन खेल खेलेको छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले बहराइनमाथि ९ विकेटको सानदार जित निकाल्दै बलियो पुनरागमन गरेको थियो।

आज फेरि बहराइनविरुद्धको खेल नेपालका लागि निर्णायक मानिएको छ। नेपाली टोलीको लक्ष्य लिग चरणमा शीर्ष स्थान हासिल गरी टी-२० विश्वकपको यात्रा सुनिश्चित गर्नु हो। त्यसका लागि आजको खेल जित्नैपर्ने अवस्थामा रहेको टोली उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा छ।

कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको नेपाली टोलीले पछिल्लो खेलमा बलिङ र फिल्डिङमा सुधार देखाएको थियो। प्रशिक्षक टोलीले पनि आजको खेलमा अझ मजबुत प्रदर्शनको अपेक्षा राखेको छ।

बहराइनका लागि भने आजको खेल अघिल्लो हारको बदला लिने मौका हो। दुबै टोली प्रतिस्पर्धात्मक तयारीमा रहेका छन्, जसले गर्दा खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

नेपाल, बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्याण्ड, मलेसिया, कतार र यूएई गरी नौ टोली सहभागी प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीले आगामी महिला टी-२० विश्वकपमा स्थान बनाउनेछ।

सम्बन्धित खबर

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

२४ कात्तिक । नेपालको कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रलाई संस्थागत रूप दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको…
स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने…
बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

काठमाडौँ – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना छोरालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१५, किमडोल बस्ने गोरखा चुमनुब्री…

Leave a Reply

Your email address will not be published. Required fields are marked *