• जेष्ठ १, २०८२
  • No Comment
  • 143

महिला टी-२० विश्वकप एसिया छनोट: नेपाल आज बहराइनसँग प्रतिस्पर्धा गर्दै 

काठमाडौं । थाइल्यान्डमा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज बहराइनविरुद्ध खेल्दैछ। दिउँसो साढे १२ बजे सुरु हुने खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा आफ्नो सम्भावनालाई जीवन्त राख्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

नेपालले अहिलेसम्म प्रतियोगितामा तीन खेल खेलेको छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले बहराइनमाथि ९ विकेटको सानदार जित निकाल्दै बलियो पुनरागमन गरेको थियो।

आज फेरि बहराइनविरुद्धको खेल नेपालका लागि निर्णायक मानिएको छ। नेपाली टोलीको लक्ष्य लिग चरणमा शीर्ष स्थान हासिल गरी टी-२० विश्वकपको यात्रा सुनिश्चित गर्नु हो। त्यसका लागि आजको खेल जित्नैपर्ने अवस्थामा रहेको टोली उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा छ।

कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको नेपाली टोलीले पछिल्लो खेलमा बलिङ र फिल्डिङमा सुधार देखाएको थियो। प्रशिक्षक टोलीले पनि आजको खेलमा अझ मजबुत प्रदर्शनको अपेक्षा राखेको छ।

बहराइनका लागि भने आजको खेल अघिल्लो हारको बदला लिने मौका हो। दुबै टोली प्रतिस्पर्धात्मक तयारीमा रहेका छन्, जसले गर्दा खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

नेपाल, बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्याण्ड, मलेसिया, कतार र यूएई गरी नौ टोली सहभागी प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीले आगामी महिला टी-२० विश्वकपमा स्थान बनाउनेछ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *