• जेष्ठ १, २०८२
  • No Comment
  • 35

आज अन्तरराष्ट्रिय परिवार दिवस: विविध कार्यक्रम गरि मनाइदैं

काठमाडौं।  परिवारप्रतिको सम्मान र जागरूकता अभिवृद्धि गर्न आज नेपालसहित विश्वका विभिन्न देशहरूमा “दिगो विकासका लागि परिवारमुखी नीति” भन्ने नारासहित अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदै छ।

संयुक्त राष्ट्रसङ्घको पहलमा हरेक वर्ष मे १५ तारिखका दिन मनाइने यो दिवसले परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक, तथा जनसांख्यिकीय विषयमा जनचेतना फैलाउने उद्देश्य राखेको छ। साथै, परिवार केन्द्रित नीतिहरूको माध्यमबाट गरिबी, भेदभाव, दुव्र्यवहार तथा वातावरणीय समस्याको समाधान गर्ने अभियानमा सहयोग पुर्‍याउने लक्ष्य लिएको छ।

परिवार दिवसको औपचारिक यात्रा सन् १९८० को दशकदेखि सुरु भएको हो। सन् १९८३ मा संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सिफारिसमा सामाजिक विकास आयोगले विकास प्रक्रियामा परिवारको भूमिकालाई महत्त्व दिन महासचिवसमक्ष प्रस्ताव पेस गर्‍यो। त्यसपछि २९ मे १९८५ मा परिषद्ले “विकास प्रक्रियामा परिवारहरू” शीर्षकलाई महासभाको एजेन्डामा समावेश गराउन आग्रह गर्‍यो।

यसै क्रममा सन् १९८९ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसङ्घ महासभाले अन्तरराष्ट्रिय परिवार वर्षको घोषणा गर्‍यो। अन्ततः सन् १९९३ मा मे १५ लाई हरेक वर्ष “अन्तरराष्ट्रिय परिवार दिवस” का रूपमा मनाउने निर्णय गरियो।

यस वर्षको दिवसलाई विशेष अर्थ दिन आगामी नोभेम्बर २०२५ मा कतारमा “दिगो विकासका लागि परिवारमुखी नीतिहरू” भन्ने शीर्षकमा दोस्रो विश्व शिखर सम्मेलन आयोजना हुँदैछ। सम्मेलनले २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्न परिवारहरूको भूमिकालाई केन्द्रीय महत्व दिने संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

  नेपालमा  विभिन्न सामाजिक संघसंस्थाहरू, स्थानीय सरकार तथा नागरिक समाजले परिवारको भूमिकालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेका छन्।

सम्बन्धित खबर

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *