• बैशाख ३१, २०८२
  • No Comment
  • 124

चौकुने ५ काे मायातालमा देउडा सांस्कृतिक जोगाउ महाअभियान कार्यक्रम सम्पन्न

चौकुने। चौकुने गाउँपालिका वडा नम्बर ५ मायातालमा देउडा सांस्कृतिक जोगाउने महा- अभियान कार्यक्रम सम्पन्न भएको छ।देउडा संस्कृति जोगाउने महाअभियान आयाेजित कार्यक्रममा देउडा गायीका दानकला नेपाली र देउडा गायक रण बहादुर भण्डारी,रतन देवकोटा लगायतका अन्य देउडा गायक बिच घम्साघम्सी देउडा खेल भएको वडा अध्यक्ष तुलाराम हिस्की मगरले जानकारी दिनुभयो ।स्थानीय कला,संस्कृतिको जगेर्ना र कलाकारको संरक्षणको लागि वडा सरकारले यस्ता सांस्कृतिक कार्यक्रमलाई प्राथमिकतामा राखेको वडा अध्यक्ष तुलाराम हिस्की मगरले बताउनुभयो ।

कर्णालीको देउडा लोक संस्कृतिको रूपमा रहेको छ । देउडा खेल यहाँका हरेक ज्येष्ठ नागरिकदेखि युवा र बालबालिकामा समेत उत्तिकै मन पर्ने सांस्कृतिक रूपमा लिइन्छ ।कर्णालीमा देउडाको विशेष महत्त्व रहेको छ । छोराको छैटी, व्रतबन्ध, विवाहदेखि देवताका पूजापाठसम्म देउडा दोहोरी खेल्ने प्रचलन रहेको छ ।देउडा यहाँको सांस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुति र दर्शकहरूको पहिलो रोजाइमा पर्दछ।पछिल्लो पुस्तामा आएर देउडा खेल्ने संस्कृति लोप हुन लागेको भन्दै प्रमुख अतिथि नर बहादुर बान्तोलाले यस्ता पुराना संस्कृतिको जगेर्ना गर्न पालिका सरकार प्रतीबद्ध रहेकाे बताउनुभयो । सांस्कृतिक जोगाउँ अभियान चौकुनेकी अध्यक्ष हजुरादेबि थापाको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला रहनु भएको थियो ।

यस्तै विशिष्ट अतिथिमा चौकुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क , वडा नं.५ का वडा अध्यक्ष तुलाराम हिस्की मगर ,कार्य पालिका सदस्य कमला बि क , जनजागृत मा बि तोश्रा बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष धन बहादुर पुलामी लगायत स्थानीय नागरिक सहित देउडा प्रेमीकाे सहभागीता रहेकाे थियोे । भने कार्यक्रम संचालन चौकुने सांस्कृतिक समाजका सचिव यज्ञ प्रसाद ढकाल र महावीर सिंह थापाले गर्नु भएको थियो

सम्बन्धित खबर

Beyond the Baubles: Dissecting the Allure of Fat Santa…

Introduction: Why This Slot Matters to You For those of us who navigate the digital casino landscape with seasoned eyes, the…

Desvende os Segredos do LamaBet: Um Guia Essencial para…

Introdução: A Chave para Maximizar os Seus Ganhos Para o apostador experiente, a busca por novas plataformas e estratégias é constante.…

Německé online kasino bonus bez vkladu: Zlatý důl pro…

Úvod: Proč by si analytici měli všímat německých bonusů bez vkladu Pro odborníky v oblasti hazardního průmyslu je pochopení trendů a…

Leave a Reply

Your email address will not be published. Required fields are marked *