• बैशाख २८, २०८२
  • No Comment
  • 74

आजकाे  माैसमी पुर्वानुमान   

काठमाडौं । देशका विभिन्न भागमा आज चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ। हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, हिमाली भेगमा केही स्थानहरूमा हल्का वर्षासँगै हिमपात हुन सक्नेछ।

मधेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना पनि रहेको जनाइएको छ।

रातिको समय देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागमा एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित खबर

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…
साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री…

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *