• बैशाख २८, २०८२
  • No Comment
  • 144

आजकाे  माैसमी पुर्वानुमान   

काठमाडौं । देशका विभिन्न भागमा आज चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ। हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, हिमाली भेगमा केही स्थानहरूमा हल्का वर्षासँगै हिमपात हुन सक्नेछ।

मधेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना पनि रहेको जनाइएको छ।

रातिको समय देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागमा एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *