- बैशाख २४, २०८२
- No Comment
- 34
नेप्से परिसूचक ६१.२६ अंकले बढ्यो

नेप्से परिसूचक बुधबार ६१.२६ अंकले बढेर २६७२.७ को विन्दुमा कायम भएको छ । यस दिन २ सय २७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ ।
यसदिन ३ सय ८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै सानिमा माई हाइड्रोको ५९ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ।ङादी ग्रुप पावरको ५४ करोड ७९ लाख रुपैयाँ र राधि विद्युत
कम्पनीको ४३ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।