• बैशाख २४, २०८२
  • No Comment
  • 119

आज १०औँ राष्ट्रिय पत्रकारिता दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै 

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रमका साथ १०औँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ। विसं १९५८ सालको यही दिन ‘गोरखापत्र’ को साप्ताहिक प्रकाशन सुरु भएको स्मरणमा यो दिवस मनाउने गरिन्छ।

सरकारले २०७३ सालदेखि वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसको रूपमा औपचारिक मान्यता दिएपछि हरेक वर्ष यो दिन पत्रकारिता क्षेत्रका योगदानको कदर गर्दै विशेष कार्यक्रम गरिंदै आएको छ। यस वर्षको दिवस “विश्वसनीय सूचनाको आधार : जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार” भन्ने मूल नाराका साथ मनाइएको छ।

दिवसको अवसरमा आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ। सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान र पुरस्कार प्रदान गर्नेछन्।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार दुईजना वरिष्ठ पत्रकारलाई रु २ लाख र कदरपत्रसहित “वरिष्ठ पत्रकार सम्मान” प्रदान गरिनेछ भने छ जनालाई रु १ लाख र कदरपत्रसहित “राष्ट्रिय पत्रकारिता पुरस्कार” प्रदान गरिनेछ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार यस सम्मानमार्फत पत्रकारितामा क्रियाशील व्यक्तिहरूलाई हौसला प्रदान गर्ने र जवाफदेही तथा जिम्मेवार पत्रकारिताको विकासमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ।

यसै अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेश तथा संस्थानको ६३औँ वार्षिकोत्सव पनि राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमसहित मनाउँदैछ। सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहनेछ।

दिवसभर विभिन्न छलफल, सम्मान तथा सरोकारवाला निकायहरूको सहभागितामा कार्यक्रमहरू आयोजना गरी निष्पक्ष, उत्तरदायी, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको प्रवर्द्धनमा जोड दिइएको छ।

राष्ट्रिय पत्रकारिता दिवस पत्रकारहरूको प्रेरणा, सम्मान र समर्पणको प्रतीक बनेको छ, जसले सशक्त, स्वतन्त्र र जिम्मेवार प्रेसको आवश्यकता झल्काउँछ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *