• बैशाख २३, २०८२
  • No Comment
  • 136

पूर्वराजालाई इंगित गर्दै ज्ञानेन्द्र शाहीको भनाइ : ‘बाघ बुढो भएपनि बाघै हो’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई इंगित गर्दै संसदमा चर्को अभिव्यक्ति दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले पूर्वराजालाई बाघको संज्ञा दिँदै, उमेरले वृद्ध भइसक्दा पनि उनको शक्ति र प्रभाव अझै बाँकी रहेको संकेत गरेका हुन्।

शाहीले हाल सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति गम्भीर आपत्ति जनाउँदै यसले नेपालको संविधानको भावनाविपरीत काम गरेको आरोप लगाए। उनले भने, “नीति तथा कार्यक्रम संविधान बाहिर गएर बनाइएको देखिन्छ। राष्ट्रपतिको पदको दुरुपयोग गरिएको छ।”

उनले संविधानको धारा १७ को उपधारा १७ (क) को हवाला दिँदै फरक विचार राख्ने नागरिकको स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भएको बताए। “सरकारले जबरजस्ती पढ्न लगाएको जस्तो देखिन्छ, र राष्ट्रिय स्वतन्त्र पार्टी यसमा खेद प्रकट गर्दछ,” उनले भने।

अर्का सांसदको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै शाहीले भने, “एकजना माननीयज्यूले यहाँ बाघ हैन भन्नुभयो, तर बाघ बाघै हो। रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन। बिरालो बिरालो नै हो।” उनले यो अभिव्यक्ति दिँदै पूर्वराजाको शक्ति र पहिचानको तुलना बाघसँग गरेका थिए।

उनले वर्तमान राजनीतिक व्यवस्था र नेताहरूको आलोचना गर्दै देशको आन्दोलन र परिवर्तन विदेशबाट निर्देशित भएको समेत आरोप लगाए। “बाह्र बुँदे सम्झौता होस् या नेताहरूको गतिविधि, सबैको जड विदेशमै छ,” उनले तर्क गरे।

सांसद शाहीको यो अभिव्यक्ति संसदमा निकै चर्चाको विषय बनेको छ

सम्बन्धित खबर

अब आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्ने देउवा पक्षको जोड

अब आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्ने देउवा पक्षको जोड

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले पार्टीभित्र आन्तरिक एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। आइतबार काठमाडौंमा…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम आजदेखी सुरु

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

सुर्खेत। चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित क्षमता अभिवृद्धि तालिम आजदेखि सुरु भएको…
सुकुमबासी व्यवस्थापन र बढ्दो महँगीलाई लिएर नेकपाद्वारा सरकारको कडा आलोचना

सुकुमबासी व्यवस्थापन र बढ्दो महँगीलाई लिएर नेकपाद्वारा सरकारको कडा…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले उचित विकल्पविना सुकुमबासी बस्तीमाथि डोजर चलाएर सरकारले अमानवीय कार्य गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *