• बैशाख २३, २०८२
  • No Comment
  • 39

पूर्वराजालाई इंगित गर्दै ज्ञानेन्द्र शाहीको भनाइ : ‘बाघ बुढो भएपनि बाघै हो’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई इंगित गर्दै संसदमा चर्को अभिव्यक्ति दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले पूर्वराजालाई बाघको संज्ञा दिँदै, उमेरले वृद्ध भइसक्दा पनि उनको शक्ति र प्रभाव अझै बाँकी रहेको संकेत गरेका हुन्।

शाहीले हाल सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति गम्भीर आपत्ति जनाउँदै यसले नेपालको संविधानको भावनाविपरीत काम गरेको आरोप लगाए। उनले भने, “नीति तथा कार्यक्रम संविधान बाहिर गएर बनाइएको देखिन्छ। राष्ट्रपतिको पदको दुरुपयोग गरिएको छ।”

उनले संविधानको धारा १७ को उपधारा १७ (क) को हवाला दिँदै फरक विचार राख्ने नागरिकको स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भएको बताए। “सरकारले जबरजस्ती पढ्न लगाएको जस्तो देखिन्छ, र राष्ट्रिय स्वतन्त्र पार्टी यसमा खेद प्रकट गर्दछ,” उनले भने।

अर्का सांसदको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै शाहीले भने, “एकजना माननीयज्यूले यहाँ बाघ हैन भन्नुभयो, तर बाघ बाघै हो। रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन। बिरालो बिरालो नै हो।” उनले यो अभिव्यक्ति दिँदै पूर्वराजाको शक्ति र पहिचानको तुलना बाघसँग गरेका थिए।

उनले वर्तमान राजनीतिक व्यवस्था र नेताहरूको आलोचना गर्दै देशको आन्दोलन र परिवर्तन विदेशबाट निर्देशित भएको समेत आरोप लगाए। “बाह्र बुँदे सम्झौता होस् या नेताहरूको गतिविधि, सबैको जड विदेशमै छ,” उनले तर्क गरे।

सांसद शाहीको यो अभिव्यक्ति संसदमा निकै चर्चाको विषय बनेको छ

सम्बन्धित खबर

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक हुँदै  

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक…

सुर्खेत। सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘मधु’ दर्शकमाझ ल्याउने भएकी छन्…
एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *