• बैशाख २१, २०८२
  • No Comment
  • 154

दलित महिला संघ चौकुनेको आयोजनामा परियोजना अभिमुखीकरण र योजना सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

चौकुने । दलित महिला संघ चौकुनेको आयोजना र Fastenaktion ( FA) को साझेदारीमा चौकुने गाउँपालिकाको साझा हलमा सिमान्कृत महिलाको खाध्य अधिकार र आत्मसम्मानका लागि स्थानीय नेतृत्व परियोजना अभिमुखीकरण र योजना सम्बन्धि कार्यशाला गोष्ठी कार्यक्रम गरेको हो । दलित महिला संघले विगत लामो समयदेखि समाजमा भएका महिला हिंसा विरुद्ध र कु संस्कारका विरुद्धमा आवाज उठाउदै आएको विषयलाई सरोकारवालालाई जानकारी गराउने उद्देश्यका साथ कार्यशाला गोष्ठी कार्यक्रम गरेको हो । महिला त्यसमा पनि दलित महिलाहरुलाई प्रथामिकतामा राखेर दलित महिला संघले समाजमा भएका कुरिती संस्कारलाई उजागर गर्दै उनिहरुलाई सचेतना गराउदै आएको बताईएको छ ।

दलित महिला संघले चौकुने गाउँ पालिकाका विभिन्न वडाहरुलाई लक्षित गरि कार्य गर्दै आएको छ । कार्यक्रममा चौकुने गाउँ पालिकाका अध्यक्ष खडक बिवस वासपानेले राज्यबाट प्रदान गरिने रकम दलित बर्गकै उत्थान गर्नको लागि खर्च गरिनुपर्ने बताउनुभयो । दलित महिलाबारे राज्यले दिएको सेवा सुविधा पाउनबाट बन्चित नहुने पनि बताउनुभयो ।

दलित बर्गमा आएको बजेट पहुचको आधारमा वितरण भैरहेको कारण यसलाई रोकथाम गर्न महिलाहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । स्थानिय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुलाई लक्षित गरि दलित महिला संघले जनचेतनामुलक कार्यक्रम गर्न जरुरी रहेको छ । दलित महिला संघ सुर्खेतकी अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष मञ्जु सुनारले हरेक गाउँ टोलमा महिला संजाल गठन गरि महिला उत्थानका वारेमा जागरण अभियान चलाउने बताउनुभयो । २१ औं शताव्दीमा पनि महिलालाई हेपहा प्रबृत्ति कायमै रहेको बताउदै अध्यक्ष सुनारले दलित महिलालाई क्षमतावान बनाउन आवश्यक रहेको बताउनुभयो । महिला संघले नयाँ परियोजना लागु गरि चौकुनेका हरेक वडामा काम गर्ने परियोजना ल्याएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउन सिमान्तकृत महिलाको खाध्य अधिकार र आत्मसम्मान जस्ता विभिन्न कार्यक्रम समेत लागु गरेको अध्यक्ष सुनारले बताउनुभयो ।

सिमान्कृत महिलाकाे खाद्य अधिकार र आत्मा सम्मानका लागि स्थानीय नेतृत्व ” हाम्राे नेतृत्व परियोजना ” दलित जिल्ला महिला संघ (FEDO)सुर्खेतका अध्यक्ष मन्जु सुनार ज्युकाे अध्यक्षतामा र चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेको प्रमुख आतिथ्यता भएको कार्यक्रम चौकुनेगाउँपालिका सामाजिक बिकास संयोजक तथा वडा न ८ का वडा अध्यक्ष कमल जि सी ,सुर्खेत जिल्ला समन्वय समिति सदस्य तुल बहादुर नेपाली ,वडा न ६ का वडा अध्यक्ष गोबिन्द थापा ,वडा न ७ वडा अध्यक्ष धनिराम धमला ,कार्यपालिका सदस्य अम्बी बि क ,दलित महिला संघ सुर्खेत सदस्य सपना परियार ,केन्द्रीय कार्यक्रम ब्यबस्थापन सदस्य सुरेश विश्वकर्मा , लगायत विभिन्न संघ संस्थाका सरोकारवाला निकायको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन जिल्ला परियोजना संयोजक चम्पा कुमारी बि कले गर्नु भएको थियो ।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *