• बैशाख २१, २०८२
  • No Comment
  • 123

दलित महिला संघ चौकुनेको आयोजनामा परियोजना अभिमुखीकरण र योजना सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

चौकुने । दलित महिला संघ चौकुनेको आयोजना र Fastenaktion ( FA) को साझेदारीमा चौकुने गाउँपालिकाको साझा हलमा सिमान्कृत महिलाको खाध्य अधिकार र आत्मसम्मानका लागि स्थानीय नेतृत्व परियोजना अभिमुखीकरण र योजना सम्बन्धि कार्यशाला गोष्ठी कार्यक्रम गरेको हो । दलित महिला संघले विगत लामो समयदेखि समाजमा भएका महिला हिंसा विरुद्ध र कु संस्कारका विरुद्धमा आवाज उठाउदै आएको विषयलाई सरोकारवालालाई जानकारी गराउने उद्देश्यका साथ कार्यशाला गोष्ठी कार्यक्रम गरेको हो । महिला त्यसमा पनि दलित महिलाहरुलाई प्रथामिकतामा राखेर दलित महिला संघले समाजमा भएका कुरिती संस्कारलाई उजागर गर्दै उनिहरुलाई सचेतना गराउदै आएको बताईएको छ ।

दलित महिला संघले चौकुने गाउँ पालिकाका विभिन्न वडाहरुलाई लक्षित गरि कार्य गर्दै आएको छ । कार्यक्रममा चौकुने गाउँ पालिकाका अध्यक्ष खडक बिवस वासपानेले राज्यबाट प्रदान गरिने रकम दलित बर्गकै उत्थान गर्नको लागि खर्च गरिनुपर्ने बताउनुभयो । दलित महिलाबारे राज्यले दिएको सेवा सुविधा पाउनबाट बन्चित नहुने पनि बताउनुभयो ।

दलित बर्गमा आएको बजेट पहुचको आधारमा वितरण भैरहेको कारण यसलाई रोकथाम गर्न महिलाहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । स्थानिय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुलाई लक्षित गरि दलित महिला संघले जनचेतनामुलक कार्यक्रम गर्न जरुरी रहेको छ । दलित महिला संघ सुर्खेतकी अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष मञ्जु सुनारले हरेक गाउँ टोलमा महिला संजाल गठन गरि महिला उत्थानका वारेमा जागरण अभियान चलाउने बताउनुभयो । २१ औं शताव्दीमा पनि महिलालाई हेपहा प्रबृत्ति कायमै रहेको बताउदै अध्यक्ष सुनारले दलित महिलालाई क्षमतावान बनाउन आवश्यक रहेको बताउनुभयो । महिला संघले नयाँ परियोजना लागु गरि चौकुनेका हरेक वडामा काम गर्ने परियोजना ल्याएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउन सिमान्तकृत महिलाको खाध्य अधिकार र आत्मसम्मान जस्ता विभिन्न कार्यक्रम समेत लागु गरेको अध्यक्ष सुनारले बताउनुभयो ।

सिमान्कृत महिलाकाे खाद्य अधिकार र आत्मा सम्मानका लागि स्थानीय नेतृत्व ” हाम्राे नेतृत्व परियोजना ” दलित जिल्ला महिला संघ (FEDO)सुर्खेतका अध्यक्ष मन्जु सुनार ज्युकाे अध्यक्षतामा र चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेको प्रमुख आतिथ्यता भएको कार्यक्रम चौकुनेगाउँपालिका सामाजिक बिकास संयोजक तथा वडा न ८ का वडा अध्यक्ष कमल जि सी ,सुर्खेत जिल्ला समन्वय समिति सदस्य तुल बहादुर नेपाली ,वडा न ६ का वडा अध्यक्ष गोबिन्द थापा ,वडा न ७ वडा अध्यक्ष धनिराम धमला ,कार्यपालिका सदस्य अम्बी बि क ,दलित महिला संघ सुर्खेत सदस्य सपना परियार ,केन्द्रीय कार्यक्रम ब्यबस्थापन सदस्य सुरेश विश्वकर्मा , लगायत विभिन्न संघ संस्थाका सरोकारवाला निकायको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन जिल्ला परियोजना संयोजक चम्पा कुमारी बि कले गर्नु भएको थियो ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *