• बैशाख १९, २०८२
  • No Comment
  • 31

बिहेका लागि जन्तीसहित निस्कने तयारीमा थिए बेहुला, फिल्मी शैलीमा प्रेमिकाले गरिन् अपहरण

काठमाडौँ । बिहेका लागि जन्तीसहित निस्कने तयारीमा रहेका दुलाहालाई एक युवतीले फिल्मी शैलीमा घरबाटै अपहरण गरेर लगेकी छन् । भारतको मध्य प्रदेश राज्यको दतिया जिल्लाकी काजल नाम गरेकी युवतीले झाँसीको रक्सा थाना क्षेत्रबाट बेहुलालाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा गएकी हुन् । काजलले आफू बेहुलाको प्रेमिका रहेको दाबी गरिन् । आफूलाई छाडेर अर्कैसँग विवाह गर्न लागेको भन्दै उनले कुनै पनि हालतमा अरुसँग बिहे गर्न नदिने अडान लिइन् ।

प्रहरी चौकीमा दुई पक्षबिच छलफल भएको र यस क्रममा बेहुला र उनकी प्रेमिका भनिएकी काजलबिच विवाह गराउन सहमति जुटेको बताइएको छ । छलफलका क्रममा काजलले आफूहरू १० वर्षदेखि प्रेममा रहँदै आएको खुलासासमेत गरिन् ।

छलफलमा सहमति जुटेसँगै काजलले आफ्नै गाउँमा बेहुलालाई लगेर विवाहसमेत गरेकी छन् । बेहुलाले बिहे गर्ने भनिएको युवतीसँग भने बेहुलाकै काकाको छोराको बिहे गराइएको छ । एजेन्सी

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *