• बैशाख १९, २०८२
  • No Comment
  • 154

बिहेका लागि जन्तीसहित निस्कने तयारीमा थिए बेहुला, फिल्मी शैलीमा प्रेमिकाले गरिन् अपहरण

काठमाडौँ । बिहेका लागि जन्तीसहित निस्कने तयारीमा रहेका दुलाहालाई एक युवतीले फिल्मी शैलीमा घरबाटै अपहरण गरेर लगेकी छन् । भारतको मध्य प्रदेश राज्यको दतिया जिल्लाकी काजल नाम गरेकी युवतीले झाँसीको रक्सा थाना क्षेत्रबाट बेहुलालाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा गएकी हुन् । काजलले आफू बेहुलाको प्रेमिका रहेको दाबी गरिन् । आफूलाई छाडेर अर्कैसँग विवाह गर्न लागेको भन्दै उनले कुनै पनि हालतमा अरुसँग बिहे गर्न नदिने अडान लिइन् ।

प्रहरी चौकीमा दुई पक्षबिच छलफल भएको र यस क्रममा बेहुला र उनकी प्रेमिका भनिएकी काजलबिच विवाह गराउन सहमति जुटेको बताइएको छ । छलफलका क्रममा काजलले आफूहरू १० वर्षदेखि प्रेममा रहँदै आएको खुलासासमेत गरिन् ।

छलफलमा सहमति जुटेसँगै काजलले आफ्नै गाउँमा बेहुलालाई लगेर विवाहसमेत गरेकी छन् । बेहुलाले बिहे गर्ने भनिएको युवतीसँग भने बेहुलाकै काकाको छोराको बिहे गराइएको छ । एजेन्सी

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *