• बैशाख १८, २०८२
  • No Comment
  • 182

आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस : विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज मे १ तारिख, अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालसहित विश्वभर विविध कार्यक्रमका साथ मनाइँदैछ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने मूल नाराका साथ सुरु भएको यो दिवस श्रमिक अधिकारको सुनिश्चितता र सम्मानका लागि महत्वपूर्ण दिनको रूपमा मनाइन्छ।

प्रत्येक वर्ष मे दिवसले मजदुर वर्गका समस्याहरू उजागर गर्दै उनीहरूको पेसागत मर्यादा, सम्मान र अधिकारका लागि आवाज उठाउने अवसर प्रदान गर्दै आएको छ। विश्वभरका मजदुरहरू यो दिनलाई संघर्ष र अधिकार प्राप्तिको प्रतीकको रूपमा लिएर सरकार तथा रोजगारदातालाई दबाब दिने उद्देश्यले विविध कार्यक्रमहरू आयोजना गर्छन्।

यस वर्ष पनि नेपालमा विभिन्न मजदुर संगठनहरूले ¥याली, सभा, गोष्ठी तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी मे दिवस मनाइरहेका छन्। कार्यक्रममार्फत श्रमिक हक–हितका विषयमा जनचेतना फैलाउने र श्रम क्षेत्रका सुधारका लागि नीतिगत पहल गर्न आग्रह गरिनेछ।

यो दिवस सन् १८८६ को मे १ मा अमेरिकाको सिकागोमा भएको ऐतिहासिक मजदुर आन्दोलनको सम्झनामा मनाउने गरिएको हो। उक्त आन्दोलनमा मजदुरहरूले कामको समयलाई ८ घण्टामा सीमित पार्न माग गर्दै आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा सिकागोको हेय मार्केट क्षेत्रमा भएको बम विस्फोट र प्रहरीले चलाएको गोलीबाट सातजना मजदुरले ज्यान गुमाएका थिए।

मजदुर आन्दोलनको सफलतासँगै सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्व श्रमिक सम्मेलनले मे १ लाई विश्व श्रमिक दिवसको रूपमा मनाउने निर्णय गर्‍यो। त्यसपश्चात् हरेक वर्ष विश्वभर यो दिवस श्रमिक आन्दोलनको ऐतिहासिक महत्वका साथ मनाइँदै आएको छ।

नेपालमा मे दिवस मनाउने परम्परा श्रम अधिकारको लागि भएको ऐतिहासिक आन्दोलनसँग गाँसिएको छ। पहिलो पटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले मे दिवस आयोजना गरेको थियो। त्यसपछि विसं २००३ मा विराटनगरमा भएको श्रमिक आन्दोलनले नयाँ मोड लियो भने विसं २००७ को राजनीतिक परिवर्तनपछि यस दिवसले थप व्यापकता पायो। विसं २०४६ पछि नेपालमा मे दिवसको अवसरमा सार्वजनिक बिदा दिने परम्परा समेत सुरु गरिएको हो।

श्रमिक अधिकारको आवाजका रूपमा स्थापित मे दिवसले आज पनि श्रमिकहरूको अवस्था सुधारका लागि समाज, सरकार र रोजगारदातालाई सचेत गराउने काम गरिरहेको छ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *