• बैशाख १६, २०८२
  • No Comment
  • 339

सव डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न

चौकुने। चौकुने सव-डिभिजन वन कार्यालय गुटुको आयोजनामा सव डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी आज चौकुने गाउँपालिका गुटुको सभा हलमा सम्पन्न भएको छ । चौकुने ८ गुटुस्थित सव डिभिजन वन कार्यालय गुटुको आयोजनामा भएको योजना तर्जुमा गोष्ठीमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वन उपभोक्ता समूह र कबुलियती वन समूहमा आवश्यक पर्ने योजना तथा बजेटका विषयमा छलफल भएको थियो ।

सव डिभिजन वन कार्यालय गुटुका वन अधिकृत दिभ्यांसु पाण्डेले आर्थिक बर्ष २०८२।०८३ को चौकुने सव डिभिजन कार्यालयको प्रस्तावित कार्यक्रमहरु सार्बजनिक गर्दै हरेक विकास निमार्ण गर्दा विकास र वन, वन्यजन्तु संरक्षणलाई सन्तुलित बनाएर लैजानुपर्ने र हरेक सामुदायिक वनको पाना नम्बर अनिवार्य रुपमा बनाउनु पर्ने बताउनुभयो । हरेक वर्ष हुने वन डढेलोलाई नियन्त्रण गर्न वन समूहलाई उहाँले आग्रह समेत गर्नुभयो ।

वन अधिकृत पाण्डेले आर्थिक रुपमा सबल सामुदायिक वन उपभोक्ता समूहले हरेक वर्षको तीन महिना (फागुन, चैत र बैशाख) का लागि डढेलो नियन्त्रण गर्न अग्निदस्ता खटाउनुपर्ने पनि बताउनुभयो । वन समूहले अग्नि दस्तालाई उचित पारिश्रमिक दिईनुपर्ने र डिभिजन वन कार्यालयबाट दुर्घटना तथा जीवनविमाको व्यवस्था रहेको समेत जानकारी गराउनुभयो ।

वन अधिकृत पाण्डेले प्रस्ताबित कार्ययोजनाहरुमा बिरुवा उत्पादन, नर्सरी मर्मत घाटगद्दीमा मर्मत सुधार, अग्नि रेखा, भवन स्तर उन्नति, ट्रेन्च निर्माण, बन अतिक्रमण हटाई तारबार सहित बृक्षारोपण लगायतका कार्यक्रम उल्लेख गर्नुभयो । सव डिभिजन वन कार्यालय भित्रका २६ वटा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सब डिभिजन बन कार्यालय गुटुका रेन्जर रिता पाण्डेले गर्नु भएको थियो ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *