• बैशाख १६, २०८२
  • No Comment
  • 257

सव डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न

चौकुने। चौकुने सव-डिभिजन वन कार्यालय गुटुको आयोजनामा सव डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी आज चौकुने गाउँपालिका गुटुको सभा हलमा सम्पन्न भएको छ । चौकुने ८ गुटुस्थित सव डिभिजन वन कार्यालय गुटुको आयोजनामा भएको योजना तर्जुमा गोष्ठीमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वन उपभोक्ता समूह र कबुलियती वन समूहमा आवश्यक पर्ने योजना तथा बजेटका विषयमा छलफल भएको थियो ।

सव डिभिजन वन कार्यालय गुटुका वन अधिकृत दिभ्यांसु पाण्डेले आर्थिक बर्ष २०८२।०८३ को चौकुने सव डिभिजन कार्यालयको प्रस्तावित कार्यक्रमहरु सार्बजनिक गर्दै हरेक विकास निमार्ण गर्दा विकास र वन, वन्यजन्तु संरक्षणलाई सन्तुलित बनाएर लैजानुपर्ने र हरेक सामुदायिक वनको पाना नम्बर अनिवार्य रुपमा बनाउनु पर्ने बताउनुभयो । हरेक वर्ष हुने वन डढेलोलाई नियन्त्रण गर्न वन समूहलाई उहाँले आग्रह समेत गर्नुभयो ।

वन अधिकृत पाण्डेले आर्थिक रुपमा सबल सामुदायिक वन उपभोक्ता समूहले हरेक वर्षको तीन महिना (फागुन, चैत र बैशाख) का लागि डढेलो नियन्त्रण गर्न अग्निदस्ता खटाउनुपर्ने पनि बताउनुभयो । वन समूहले अग्नि दस्तालाई उचित पारिश्रमिक दिईनुपर्ने र डिभिजन वन कार्यालयबाट दुर्घटना तथा जीवनविमाको व्यवस्था रहेको समेत जानकारी गराउनुभयो ।

वन अधिकृत पाण्डेले प्रस्ताबित कार्ययोजनाहरुमा बिरुवा उत्पादन, नर्सरी मर्मत घाटगद्दीमा मर्मत सुधार, अग्नि रेखा, भवन स्तर उन्नति, ट्रेन्च निर्माण, बन अतिक्रमण हटाई तारबार सहित बृक्षारोपण लगायतका कार्यक्रम उल्लेख गर्नुभयो । सव डिभिजन वन कार्यालय भित्रका २६ वटा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सब डिभिजन बन कार्यालय गुटुका रेन्जर रिता पाण्डेले गर्नु भएको थियो ।

सम्बन्धित खबर

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

२४ कात्तिक । नेपालको कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रलाई संस्थागत रूप दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको…
स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने…
बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

काठमाडौँ – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना छोरालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१५, किमडोल बस्ने गोरखा चुमनुब्री…

Leave a Reply

Your email address will not be published. Required fields are marked *