- बैशाख १५, २०८२
- 1 Comment
- 75
YCL को पालिका स्तरीय प्रथम युवा सम्मेलन चौकुनेमा सम्पन्न

चौकुने। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को प्रथम पालिका सम्मेलन चौकुने गाउँपालिका गुटुको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनको अध्यक्षता वाईसीएलका युवा नेता बिजय बि क ले गर्नुभएको थियो भने प्रमुख आतिथ्य नेकपा माओवादी केन्द्रका महासचिव देब गुरुङ र कर्णाली प्रदेश सभासदस्य मानवीय बिन्दमान बिष्ट रहनुभएको थियो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सल्लाहकार सदस्य भुपेन्द्र जोशी ,वाईसीएल केन्द्रीय सदस्य हिक्मत आचार्य पार्टी प्रदेश कमिटी सदस्य खडक बिवस् वासपाने ,ईन्द्र प्रसाद ढकाल ,बिमला जि सी ,गंगाराम बि क , जिल्ला कमिटी सदस्य उजिंर सिंह ढोली ,डम्बर बि क ,प्रेम जोशी ,डिल्लीसिंह बि क,नेकपा माओवादी केन्द्र चौकुने गाउँकमिटी उपाध्यक्ष कमल जि सी , सचिव शिवराज जोशी सह- सचिव पद्मा बि क ,वडा नं. ७ का वडाअध्यक्ष धनिराम धमला , चौकुने दलित मुक्तिमोर्चाका अध्यक्ष तुल बहादुर नेपाली लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता, जनवर्गीय संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेकपा माओवादी चौकुने गाउँकमिटी अध्यक्ष गंगाराम बिक ले युवा संगठनलाई माओवादी आन्दोलनको अग्रपंक्तिमा उभ्याउँदै “देश बनाउने मुख्य जिम्मेवारी अब युवाको काँधमा छ” भन्ने सन्देश दिनुभयो। यस्तै पार्टी प्रदेश कमिटी सदस्य तथा चौकुने गाउँपालिका अध्यक्ष खडक विवस बासपानेले नेपालमा परिवर्तन ल्याउने मुख्य शक्ति युवा भएको स्पष्ट पार्दै माओका विचारलाई नेपाली सन्दर्भमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै वाईसीएल केन्द्रीय सदस्य हिक्मत आचार्यले युवा र वाईसीएललाई काँचो रगतको रुपमा बुझ्ने सोच अब परिवर्तन हुनु पर्ने बताउनुभयो। उहाँले पार्टीको विचार, एजेन्डा र सिद्धान्तप्रति समर्पित रहेर आत्मनिर्भर बन्न वाईसीएलाई निर्देशन दिनुभयो। सम्मेलनमा कर्णाली प्रदेश सभा सदस्य एवं मानवीय बिन्दमान बिष्टले दशबर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन बाट परिबर्तित ब्यबस्थालाई केही प्रतिगमनकारी तत्व हरुले कमजोर पार्न खोजेको भन्दै अब वाइसीएल त्यस्तो तत्व को विरुद्ध मा शसक्त रुपले अगाडि बड्न निर्देशन दिदै बिगतमा पनि केही माफिया भ्रष्टचारी हरुलाइ तह लगाएको वाइसीएल आबस्यक परे फेरि पनि तयारी अबस्थामा रहन सबैमा आह्वान समेत गर्नु भएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि देब गुरुङले पार्टीको महत्वाकांक्षी योजनाहरू कार्यान्वयन गर्ने दायित्व वाईसीएलमा रहेको उल्लेख गर्दै सबै युवाहरुलाई एकताबद्ध भई संगठित रूपमा अघि बढ्न अपिल गर्नुभयो। नेकपा माओबादी केन्द्र सधै जनताको हकहीतमा काम गर्ने, माओबादीले नै सबैको अधिकार दिलाउन निरन्तर लागेको तथा लागि रहने, र प्रत्येक परिवारमा माओबादी केन्द्रको एजेण्डा पुर्याउनु पर्ने बताउदै आज देश माओबादी कै ऐजेण्डामा चलिरहेको बताउनु भयो । सम्मेलनको निष्कर्षस्वरूप सर्वसम्मत रूपमा २९ सदस्यीय वाईसीएल चौकुने गाउँकमिटी गठन गरिएको छ।
नयाँ नेतृत्वको रूपमा अध्यक्षमा गणेश बिष्ट उपाध्यक्षमा रमेश बि क ,राम बहादुर घर्ती , भिम बहादुर बुढाथोकी सचिवमा दिपेन्द्र बिसल्ले ,सह–सचिवमा नरेन्द्र नेपाली चयन हुनु भएको छ।सम्मेलनले संगठनलाई स्थानीय तहदेखि प्रदेश र केन्द्रीय तहसम्म सहयोग गर्ने संकल्प लिएको छ। युवा नेतृत्वको नयाँ पंक्तिबाट संगठन र पार्टीले ठूला अपेक्षा लिएको भन्दै सबै नेताहरुले नयाँ नेतृत्वलाई बधाई दिएका थिए। भने कार्यक्रम संचालन नवीन आचार्यले गर्नु भएको थियो
1 Comments
गजबको युवा उपस्तिथि रहेछ