• बैशाख ११, २०८२
  • No Comment
  • 116

चौकुने गाउँपालिकामा दुईदिने लैङ्गिक हिंसाको जोखिम पहिचान र न्युनिकरण सम्बन्धि क्षमता अभिवृद्धि तालिम

सर्खेत।सर्खेतकाे चौकुने गाउँपालिकामा दुईदिने लैङ्गिक हिंसाको जोखिम पहिचान र न्युनिकरण सम्बन्धि क्षमता अभिवृद्धि तालिम गरिएको छ । पालिकामा लैङ्गिक हिंसाको अवस्था र हिंसा रोकथाम तथा न्युनिकरणका उपायका विषयमा सरोकारवाला निकायहरुसंग छलफल तथा अभिमुखीकरा कार्यक्रम गाउँपालिकाको सभाहलमा संचालन गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा परियोजनाले लैङ्गिक हिंसामा परेका पिडितको क्षमता विकास,सचेतना जगाउने, लैङ्गिक हिंसाका घटना न्युनिकरण गर्ने र पिडितलाई पुनस्थापना गर्ने लगायतका कार्य गर्दै आएको परियोजनाका संयोजक अर्जुन शाहीले बताउनु भएको छ । लैङ्गिक हिंसामा परेका पिडितहरुलाई सुरक्षित रुपमा बस्नका लागि आवासी रुपमा प्रहरी कार्यालयभित्र नै महिला तथा बालबालिका आवास गृह निर्माण गर्नुपर्ने आबश्यक रहेको पनि कार्यक्रममा बताइएको छ । महिला माथि हुने लैङ्गिक हिंसाका घटनाहरु न्युनिकरण गर्दै पिडित र पिडकलाई न्यायोचित रुपमा न्याय दिने उदेश्यका साथ सरोकारवालाहरुलाई अभिमुखिकरण दिइएको जनाएको छ । कार्यक्रममा चौकुनेगाउँपालिका भित्र लैङ्गिक हिंसाको अवस्था, पिडितहरुले न्याय पाए नपाएको अवस्था बारेमा छलफल गरिएको छ ।

अभिमुखिकरण कार्यक्रममा छलफलका क्रममा सहभागीहरुले पितृसत्तात्मक सोच, मादक पदार्थ सेवन, सामाजिक सञ्जालको दुरुपयोग, आर्थिक परनिर्भता, लागू औषध दुव्र्यसनी, लक्ष्यमा असफल लगायतका कारणले लैङ्गिक हिंसाका घटनामा वृद्धि भइरहेको भन्दै न्युनिकरणमा सबेले जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।कार्यक्रममा पालिकामा लैङ्गिक हिंसा तथा आत्महत्याको वास्तविक अवस्था र तथ्यांक बारेमा महिला समुत्थान परियोजनाका प्रतिनिधिहरुले प्रशिक्षण गरेका थिए ।

त्यस्तै लैङ्गिक हिंसा गर्ने र गराउने व्यक्तिलाई हुने कानुनी व्यवस्थाको विषयमा महिला तथा बाल अधिकार कर्मी रमा भण्डारीले प्रशिक्षण गर्नु भएको थियो कार्यक्रममा वडा न ६ का वड अध्यक्ष गोबिन्द थापा , वडा न ७ का वडा अध्यक्ष धनिराम धमला ,वडा न १ का वडा अध्यक्ष जिरक बडुवाल , वडा न ५ का वडा अध्यक्ष तुलाराम हिस्कीमगर ,महिला समुह , सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, प्रहरी कार्यालयका प्रतिनिधि, बालक्लव प्रतिनिधि पत्रकार लगायतको सहभागी रहेको थियो ।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *