- बैशाख ९, २०८२
- No Comment
- 32
सुर्खेतको चौकुने गाउँपालिका गुटु स्वास्थ्य चौकीमा निशुल्क मानसिक स्वास्थ्य शिबिर सञ्चालन हुने

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिकाको गुटु स्वास्थ्य चौकीमा निशुल्क मानसिक स्वास्थ्य तथा परामर्श शिबिर सञ्चालन हुने भएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल ( सि एम सी ) नेपाल को आयोजना र चौकुने गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा मानसिक रोग विशेषज्ञ डाक्टर दिपिका बिधानद्वरा स्वास्थ्य चौकी गुटुमा बैशाख ११ गते मानसिक रोग बिरामीहरुको चैक जाँच गरिनुका साथै नि: शुल्क उपचार गरिने भएको छ । मानसिक समस्या भएका बिरामीहरुको उपचारको लागी शिबिर सञ्चालन गर्न लागिएको चौकुने स्वास्थ्य शाखा कार्यलयले जानकारी दिएको छ ।
मानसिक स्वास्थ्य शिबिरमा मनोचिकित्सकद्धारा अत्यधिक डर वा शंका गर्ने ,बिनाकारण खुशी हुने ,अनौठो व्यवहार देखाउने ,राति उठेर हिड्ने ,आवश्यक भन्दा बढी कुरा गर्ने ,बेहोस हुने ,आत्महत्याको ईच्छा उत्पन्न हुने, एक्लै बस्न मन पराउने, शरिर कमजोर भएको महशुस गर्ने चिन्ता लिने, झर्को मान्ने, डर लाग्ने निदाउन नसक्ने निम्न लक्षण तथा चिन्ह भएका ब्यक्तिहरुले मानसिक स्वास्थ्य उपचार तथा परामर्श निःशुल्क लिन सक्ने चौकुने स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर जैसुरीले जानकारी दिनुभएको छ ।
बैशाख ११ गतेका दिन शिबिर सञ्चालन हुने भएकोले मानसिक स्वास्थ्य सम्बन्धित समस्या भएका ब्यक्तिहरुलाई उक्त दिन स्वास्थ्य परीक्षण गराउनहुन चौकुने स्वास्थ्य शाखाले आग्रह गरेको छ ।