- बैशाख ६, २०८२
- No Comment
- 22
कङ्गोमा आगलागी हुँदा १४३ जनाको मृत्यु

डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाको मृत्यु भएको छ भने धेरैजना बेपत्ता छन्। यो दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, कङ्गो नदीको सङ्गमस्थलमा भएको हो।
स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोले केहीको मृत्यु आगोमा जलेर र केहीको डुबेर भएको बताए। उनले मृतक संख्या १४५ पुगेको अनुमान गरेका छन्। डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा विस्फोट भएको र आगलागी भएको जनाइएको छ।
सामाजिक सञ्जालमा देखिएका भिडियोमा डुङ्गाबाट आगो सल्किएको र धुवाँ निस्किएको देखिन्छ। डुङ्गा किनाराबाट टाढा फसेको अवस्थामा छ। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। धेरै परिवार आफ्ना आफन्तको अवस्थाबारे अनविज्ञ छन्,’ लोकोन्डोले भने।